Erani Mahal
गुल्मीमा काेराेना नियन्त्रण गर्न ११ कराेड खर्च !
gulmi
गुल्मी - गुल्मीमा कोरोना नियन्त्रण तथा रोकथामका लागि करिब ११ करोड रुपैयाँ खर्च भएको छ । असार मसान्तसम्म स्थानीय तह तथा कार्यालयहरुबाट उक्त रकम खर्च भएको हो । रेसुंगामा कति भयो खर्च? कोरोना रोकथाम नियन्त्रणका लागि १४ वटा वडा रहेको रेसुंगा नरपालिकामा गत चैतदेखि असार मसान्तसम्म कुल एक करोड २६ लाख ६ हजार ६ सय ७५ खर्च भएको छ। जसमध्ये पहिलो चरणमा राहत वितरणका लागि ११ लाख ७६ हजार ७७ रुपैयाँ र दोस्रो चरणको राहत वितरणमा ३० लाख ८९ हजार ६५३ गरी कुल ४२ लाख ६५ हजार ७३० रुपैयाँ खर्च भएको हो । त्यस्तै क्वारेन्टाइन व्यवस्थापनका नाममा १६ लाख २१ हजार दुई सय तथा क्वारेन्टाइनमा बस्नेहरुको लागि खाना खर्चमा १७ लाख ४३ हजार खर्च भएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिनुभयाे । त्यस्तै सिरक डसनाका लागि ६ लाख ४३ हजार, आइसोलेसनमा पानी जोड्न र पाटेसन गर्न ७० हजार तथा सवारीका लागि ८८ हजार तथा बाँकी रकम अन्य शीर्षकमा पनि खर्च भएको गौतमले बताउनुभयाे । नगरपालिकामा विपद् व्यवस्थापन तथा कोरोना कोषमा कुल एक करोड ५४ लाख ८४ हजार २२५ जम्मा भएको थियो। मुसिकोट नगरपालिकाले एक करोड ७० लाख ५६ हजार ४४७ खर्च गरेको छ। नगरपालिकाले विभिन्न चार शीर्षकमा कोभिड खर्चलाई वर्गीकरण गरेको छ। जसअन्तर्गत क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनका लागि ९३ लाख ९९ हजार ९८६ खर्च भएको छ। औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा ३४ लाख ५२ हजार ४९१, विभिन्न चरणमा वितरण गरेको राहतमा ४० लाख ९० हजार ६५० तथा विविध खर्चमा एक लाख १३ हजार ३२० खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयाे । मदाने गाउँपालिकाले कोभिड १९ नियन्त्रणको लागि एक करोड १० लाख ५० हजार खर्च गरेको छ। जसअन्तरगत खाद्यान्न वितरणको लागि ४८ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनको लागि पाचँ लाख, सुरक्षा गार्ड तथा क्वारेन्टाइनमा राखेको भान्सेको लागि ६ लाख खर्च भएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभयाे । औषधी, माक्स, सेनिटाइजर, पिपिई लगायतका स्वास्थ्य सामग्री खरिदका लागि ११ लाख, क्वारेन्टाइनमा खाना तथा खाजाका लागि ३४ लाख, इन्धन र विविध खर्चमा एक÷एक लाख खर्च भएको पोखरेलले बताउनुभयाे । कालिगण्डकी गाउँपालिका कालिगण्डकी गाउँपालिकाले १५ लाख ३० हजार रुपैयाँ राहत वितरणको नाममा सकाएको छ। आवश्यक स्वास्थ्य सामग्रीको लागि १३ लाख ३५ हजार सात सय, विस्तरा खरिदका लागि चार लाख ८५ हजार खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयाे । जनचेतनामुलक ब्यानर छपाइमा एक लाख दुई हजार, यातायातका लागि दुई लाख ५५ हजार, क्वारेन्टाइन व्यवस्थापनको लागि तीन लाख पाचँ हजार, हेल्थ डेक्समा दुई लाख २० हजार तथा विविध कार्यका लागि ५६ हजार ७१८ गरी कुल ४२ लाख ८९ हजार ४१८ खर्च भएको पल्लीले बताउनुभयाे । रुरुक्षेत्र गाउँपालिकाले कोरोना नियन्त्रणका लागि ६५ लाख ८० हजार ९८४ खर्चिएको छ। जसअन्तरगत क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टिनमा खाना तथा स्वाब संकलन र पठाउने कार्यमा ३३ लाख ७९ हजार ८९३ खर्च भएको छ। त्यस्तै औषधि, मास्क, सेनिटाइजर, पिपिई लगायतका स्वास्थ्य सामग्री खरिदमा ११ लाख चार हजार ६२४ खर्च गरेको गाउँपालिकाले जनाएको छ। पहिलो चरणको खाद्यान्न वितरणमा ९ लाख ६१ लाख ४९७ तथा दोस्रो चरणमा कामको लागि राहतका लागि ११ लाख ३४ हजार ९७० खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयाे । विपद् व्यवस्थापन कोषमा एक करोड ३२ लाख ४९ हजार ८३० जम्मा भएको गिरीले बताउनुभयाे । मालिका गाउँपालिकामा कुल एक करोड ५० लाख चार हजार ५७ रुपैँया खर्च भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयाे । जसअन्तरगत माक्स र सेनिटाइजरका लागि पाचँ लाख ११ हजार ९७०, औषधि तथा औषधिजन्य उपकरणका लागि नौ लाख ८० हजार ९०९, क्वारेन्टाइन व्यवस्थापनका लागि सामग्री खरिदमा तीन लाख आठ हजार ८६३ खर्च भएको भण्डारीले बताउनुभयाे । कोरोनाको जनचेतनाका लागि ब्यानर छपाइ, सूचना तथा माइकिङका लागि एक लाख ५२ हजार ५५०, क्वारेन्टाइन व्यवस्थापन तथा ५४८ जनालाई दैनिक ३०० का दरले २९ लाख ३५ हजार २७८ खर्च भएको गाउँपालिकाले जनाएको छ। पहिलो चरणमा सबै वडामा राहत वितरणमा १४ लाख ५१ हजार १०१, खाद्यान्नमा आधारित रोजगारीका लागि ५० लाख ६१ हजार ३४३, क्वारेन्टाइनमा बसेकालाई विभिन्न ठाउँमा ढुवानीका लागि दुई लाख १६ हजार ४४० तथा जिल्ला समन्वय समितिलाई आइसोलेसन वार्ड निर्माणका लागि दुई लाख खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताउनुभयाे । चन्द्रकोट गाउँपालिकाले विभिन्न पाचँ वटा शीर्षकमा कोरोना नियन्त्रणका लागि खर्चिएको रकम वर्गीकरण गरेको छ। जसअन्तरगत राहत वितरणका लागि २६ लाख ६ हजार ८३४, क्वारेन्टाइन व्यवस्थापनका लागि २२ लाख ३४ हजार ४१ खर्च भएको छ। आइसोलेसन व्यवस्थापनमा चार लाख २३ हजार ९३२, औषधि खरिदका लागि १० लाख ८९ हजार ६२ तथा यातायात खर्चको नाममा तीन लाख १४ हजार ३६४ गरी कुल ६७ लाख ४२ हजार १३३ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयाे । गुल्मीदरबार गाउँपालिका गुल्मीदरबार गाउँपालिकाले कुल एक करोड २३ लाख तीन हजार ७७० खर्च गरेको जनाएको छ। जसअन्तरगत राहत वितरणमा १२ लाख २१ हजार ४९०, जोखिम भत्ता वितरणका लागि १६ लाख ५९ हजार ८१, कोरोना बिमाको लागि एक लाख ८७ हजार दुई सय, क्वारेन्टाइनमा शयन कक्षका लागि ९४ हजार ८० खर्च भएको गाउँपालिकाको वेभसाइटमा उल्लेख गरिएको छ। त्यस्तै मास्क खरिद र वितरणको लागि गाउँपालिकाले तीन लाख ११ हजार ९४२, क्वारेन्टाइन व्यवस्थापनतर्फ ३८ लाख ७४ हजार ६५७, स्वास्थ्य सामग्री खरिदका लागि २० लाख ७२ हजार ३३१ खर्च गरेको गाउँपालिकाको वेभसाइटमा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले जानकारी दिनुभयाे ।​ इस्मा गाउँपालिकामा कोरोना नियन्त्रणका लागि ७१ लाख २९ हजार ०२८ खर्च गरेको छ। जसमध्ये पिपिई, थर्मल गन, औषधि लगायतका स्वास्थ्य सामग्री खरिदका लागि २० लाख २४ हजार १५७, राहत वितरणका लागि २२ लाख ४५ हजार ३३, ब्यानर, ग्यास सेट, सिरक, डसना, बाल्टी लगायतका सामग्रीका लागि एक लाख ७३ हजार ४८७ खर्च भएको गाउँपालिकाका कोभिड विशेष सूचना अधिकारी बाबुलाल थापाले जानकारी दिनुभयाे । जिल्ला आइसोलेसनका लागि दुई लाख, क्वारेन्टिन तथा आइसोलेशनको लागि १४ लाख ६३ हजार ९८६, यातायातको लागि तीन लाख ५३ हजार ८५० तथा इन्धनको लागि ५८ हजार ६२० खर्च भएको छ। त्यस्तै मोबाइल टिम र सबै वडाको बैठक खाना भत्ता गरी पाचँ लाख ५० हजार ४५५ खर्च भएको थापाले बताउनुभयाे । छत्रकोट गाउँपालिका छत्रकोट गाउँपालिकामा कोरोना नियन्त्रणको लागि एक करोड सात लाख २९ हजार ६९४ खर्च गरिएको छ। राहतमा १३ लाख ५१ हजार एक, स्वास्थ्य सामग्री खरिदका लागि १३ लाख ७० हजार ४५६, कृषकलाई राहत वितरणमा तीन लाख ५९ हजार छ सय, स्वयंसेविकाहरुलाई सञ्चार खर्चस्वरुप एक लाख ६८ हजार पाँच सय खर्च भएको गाउँपालिकाका लेखा अधिकृत सन्तोष जिसीले जानकारी दिनुभयाे । त्यस्तै यातायातका लागि ८१ हजार ३५०, क्वारेन्टाइन खर्चमा खाना र सामग्रीको लागि ५९ लाख सात हजार, क्वारेन्टाइनमा आवश्यक सामग्री खरिदका लागि ६ लाख २१ हजार ९२, कर्मचारी र जनप्रतिनिधिको बिमाका लागि ७५ हजार ६ सय लगायतका शीर्षकमा खर्च भएको लेखा अधिकृत जिसीले जानकारी दिनुभयाे । सत्यवती गाउँपालिकाले राहतका नाममा नौ लाख ४५ हजार ९८३, मास्क सिलाउन ८३ हजार ७२५, स्वास्थ्य सामग्रीका लागि एक लाख तीन हजार ४२५, दीर्घरोगीको औषधिका लागि चार लाख ९७ हजार ८५, हेल्थ डेक्स खर्चस्वरुप दुई लाख ७१ हजार पाचँ सय खर्च भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्य रानाले जानकारी दिए। गाउँपालिकाले कोरोना नियन्त्रणको लागि विभिन्न ६८ शीर्षकमा ७६ लाख ९६ हजार १९१ खर्च विवरण तयार गरेको स्वास्थ्य संयोजक रानाले जानकारी दिनुभयाे । धुर्कोट गाउँपालिकामा कोरोना नियन्त्रणका लागि एक करोड आठ लाख ७२ हजार ६६४ खर्च भएको छ। जसअन्तरगत क्वारेन्टाइन व्यवस्थापनका लागि सामग्री खरिदमा चार लाख ७३ हजार ३५८, आइसोलेसन निर्माणका लागि ११ लाख ९२ हजार ३१३, ब्यानर लगायत सामग्री छपाइका लागि तीन लाख ७३ हजार ६४ खर्च भएको छ। आइसोलेशनमा शौचालय तथा विद्युतीकरणका लागि चार लाख ६६ हजार १७२, यातायातका लागि ६७ हजार तथा स्वाब संकलन कक्ष निर्माणका लागि ८० हजार लगायत शीर्षकमा गरी कुल ३२ लाख ७३ हजार २९७ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिनुभयाे । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँलाई पाचँ लाख २१ हजार ८४९, वडा नम्बर २ पिपलधाराको लागि छ लाख ४२ हजार ९१०, वडा नम्बर ३ हाडहाडेको लागि तीन लाख सात हजार २७६, वडा नम्बर ५ वस्तुको लागि पाचँ लाख २१ हजार २०० कोरोना कोषबाट भुक्तानी दिइएको लेखा अधिकृत गौतमले जानकारी दिनुभयाे । वडा नम्बर ६ रजस्थलमा छ लाख ४४ हजार पाचँ तथा वडा नम्बर ७ वाग्लाको लागि सात लाख एक हजार ८४ भुक्तानी दिइएको लेखा अधिकृत प्रकाश गौतमले बतानुभयाे । तम्घास अस्पताल तम्घास अस्पताल गुल्मीबाट कुल चार लाख ८४ हजार ५६० खर्च भएको छ। जसमध्ये एक लाख ४४ हजार पिपिई, माक्स, थर्मल गन र सेनिटाइजरको लागि तीन लाख २१ हजार ८४० खर्च भएको तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिनुभयाे । स्वास्थ्य कार्यालय स्वास्थ्य कार्यालयले पिपिई लगायतका स्वास्थ्य सामग्री खरिदको लागि चार लाख ९८ हजार २४३, जोखिम भत्तामा एक लाख ४५ हजार ६३ खर्च भएको छ। स्वाब संकलन तथा परीक्षणको लागि भ्रमण खर्चमा एक लाख ४७ हजार ४१० गरी स्वास्थ्य कार्यालयबाट कुल सात लाख ९० हजार ७१६ खर्च भएको कार्यालयका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयाे । जिल्ला प्रशासन कार्यालयबाट गत आर्थिक वर्षमा एक लाख ३७ हजार खर्च भएको सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिनुभयाे ।जिल्ला समन्वय समितिबाट चार लाख ९६ हजार २८८ खर्च भएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update