Erani Mahal
अबैध भरूवा बन्दुक सहित दुई जना पक्राउ
bbbb
स्याङ्जा - जिल्लाकाे पुतलीबजार नगरपालिका वडा नं ७ ठुलाडिही मोहरिया छापडाँडाबाट एक जना भरूवा बन्दुक सहित पक्राउ परेका छन् । छाँपडाँडा बस्ने भिम बहादुर ठकुरी भरूवा बन्दुक सहित पक्राउ परेका हुन् । घरमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले ठकुरीको घरबाट अबैध भरुवा बन्दुक बरामद गरेकाे हाे । प्रहरीले ठकुरीलाई भरूवा बन्दुक सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । ठकुरीको घरबाट १ नाले बन्दुक सहित बस्फाेटक पदार्थ र अन्य सामग्री समेत बरामद गरिएकाे छ । ठकुरीलाई नियन्त्रमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धा दर्ता गरिएकाे प्रहरीले जनाएकाे छ । उता पुतलीबजार नगरपालिका वडा नं ७ स्थित मोहरिया बस्ने ओम बहादुर हमाल १ नाले भरुवा बन्दुक सहित पक्राउ परेका छन् । हमालले घरमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले हमालको घरकोठा एक नाले भरुवा बन्दुक प्राप्त गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update