Erani Mahal
पाल्पामा तीन जना स्वास्थ्यकर्मीलाई काेराेना संक्रमण !
coronavirus_1580713677_otmjfGzE7X
पाल्पा – पाल्पामा हालसम्म तीन जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । लुम्विनी मेडिकल कलेजमा कार्यरत माथागढी–३, बस्ने २२ वर्षकी एक जना स्टाफ नर्स, रम्भा गाउँपालिका वडा नं. ४, स्थित हुमिन स्वास्थ्य चौकीमा कार्यरत ३४ वर्षकी अनमीलाई समेत कोरोना सङ्क्रमण भएको छ । यस्तै बगनासकाली गाउँपालिकाका एक जना स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बगनासकाली गाउँपालिका वडा नं. ६, दरपुक स्वास्थ्य चौकीमा कार्यरत ३२ वर्षकी कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएको स्वास्थ्य संयोजक मणीराम अधिकारीले बताउनुभयो । लुम्विनी मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स र बगनासकाली दरपुरका स्वास्थ्यकर्मीलाइ तीन दिनअघि र हुमिन स्वास्थ्य चाैकीमा कार्यरत स्वास्थ्यकर्मीलाइ आइतबार काेराेना संक्रमण पुष्टि भएकाे हाे । कोरोना संक्रमण देखिएका लुम्विनी मेडिकल कलेजकी स्टाफ नर्स माथागढीस्थित घरमै आइसोलेसनमा रहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । कोरोना संक्रमित हुमिन स्वास्थ्य चौकीमा कार्यरत अनमी र दरपुक स्वास्थ्य चौकीकी कार्यरत कार्यालय सहयोगी दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु दुबैजना घरमै आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । पाल्पामा समुदायमा कोरोना सङ्क्रमण बढ्न थालेपछि हालसम्म स्वास्थ्य क्षेत्रका एक अस्पताल सञ्चालक र तीन जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update