Erani Mahal
समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि माथागढीमा पुन: स्वाव संकलन
Swab
पाल्पा- माथागढी गाउँपालिकाले समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलिन थालेपछी पुनः समुदाय स्तरबाट स्वाब संकलन गरेकाे छ । माथागढी गाउँपालिकाका स्वास्थ्य संयाेजक केशव जिसीका अनुसार गत भदौ १०,११ र १६, १७ गते गरेर लिईएकाे १८३ जनाकाे पिसिआरमा १७५ जनाको रिपोर्ट नेगेटिभ अाएकाे र ८ जना पाेजेटिभ देखिएको थियो । पाेजेटिभ रिपोर्ट आउनेहरूलाई पाल्पा मिसन अस्पतालकाे आईस्वलेसनमा २ जना छन भने, ६ जना समुदायकै आईस्वलेसनमा राखिएको छ । स्वास्थ शाखाका अनुसार उहाँहरुलाई कुनैपनि लक्षण देखिएको छैन र स्वास्थ अवस्था पनि सामान्य रहेको छ। समुदाय स्तरमा बढ्दै गरेको काेराेनालाई नियन्त्रण गर्नका लागि भदौ २५ र २६ गते माथागढी गाउँपालिका भित्र का वडा नम्बर १,२,३,४,५,६,८ गरी ७ वडाका २३३ जना समुदायका व्यक्तिहरुकाे स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयाेगशाला भैरहवाकाे परीक्षण केन्द्रमा पठाएकाे जानकारी दिनुभएको छ । तेस्राे मूलुकबाट आउने तथा बाहिरी जिल्लाबाट आएका साथै समुदायका काेराेना सङ्क्रमित व्यक्ति हरुको नजिकमा रहेका व्यक्तिहरुकाे कन्ट्याक्ट् ट्रेसिङ गरिएको र स्वाब संकलन गरिएको हाे ।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update