Erani Mahal
पाल्पामा शनिवार थपिए ६ जना काेराेना संक्रमित
korona niko
पाल्पा – पाल्पामा शनिवार ६ जनामा कोरोना संक्रमण देखिएकाे छ । रम्भा गाउँपालिकाका ५ जना र पूर्वखाेला गाउँपालिकाका १ जनामा काेराेना संक्रमण देखिएकाे हाे । रम्भा गाउँपालिकाका र पूर्वखाेला गाउँपालिकाकाे समुदायकाे क्षेत्रमा गरिएकाे स्वाव संकलनमा रिपोर्ट पाेजेटिभ आएकाे हाे । समुदाय स्तरमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । रम्भाका २ महिला ३ पुरुष र पूर्वखाेलाकाे १ जना पुरुषमा काेराेना संक्रमण देखिएकाे हाे । संक्रमित हुनेकाे संख्या पाल्पामा ६ सय ५७ पुगेकाे छ । भने ८५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update