Erani Mahal
तानसेन नगरपालिकाको पहलमा किसानले पाए यूरिया मल
IMG_20200910_144031
पाल्पा– तानसेनमा धान पसाउने बेलामा राख्नुपर्ने यूरिया मलको अभाब भएपछि तानसेन नगरपालिकाको पहलमा किसानले मल पाएका छन् । तानसेन नगरपालिकाले समन्वय गरी २ सय बोरा युरिया मल किसानलाई वितरण गरेको छ । तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहिले कृषि मन्त्रालयसंग आग्रह गरी साल्ट ट्रेडिङ कम्पनी भैरहवाबाट दुईसय बोरा युरिया मल नगरपालिकाको लागि ल्याएको हो । २ सय बोरा किसानलाई प्रयाप्त नभएकाले थप युरियामल पनि माग गरेको र केही दिनमा आउने नगर प्रमुख शाहीले जानकारी दिनुभयो । तानसेन नगरपालीकाको मुख्य धान खेतीहुने स्थान मदनपोखरा माडिफाट, अर्गली, छेर्लुङ्गफाटलाई पहिलो चरणमा स्थानिय मल वितरण गर्ने सहकारी फार्मत मल पठाएको तानसेन युवा परिषदका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । देशभरी मलको अभाव भएको अवस्थामा यो मल प्रयाप्त नभएपनि मेयरको क्रियाशिलताले किसानलाई थोरैभए पनि राहत दिन सकेको तानसेन नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष टुक प्रसाद भट्टराईले जानकारी दिनुभयो । स्थानीय सहकारी मार्फत सहुलियत मुल्यमै बिक्रि बितरण भएको और्य सहकारी सस्था अर्गलीका व्यवस्थापक बिष्णु पाण्डेले जानकारीदिनुभयो । यो वर्ष समयमै प्रयाप्त पानी परेको र लकडाउनको कारण मानिस खाली भएकाले धेरै स्थानमा धान रोपिएको थियो जसले गर्दा धानबाली धेरै फल्ने आश गरिएको थियो तर मलको अभावले किसानहरु चिन्तीत रहेका छन् । पाल्पामा रासायनिक मल बितरण गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेडमा डिएपी र पोटास प्रयाप्त मात्रामा भएपनि युरिया मल नभएपछि किसानहरु मारमा परेका हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update