Erani Mahal
पाल्पामा पनि फुड बैंक संचालनमा, सहजताका लागि क्लबले टोल-टोलमा पुर्यायो
118372675_228189368620132_7511062910020857952_n
पाल्पा । विभिन्न क्लब तथा संघ सस्थाको समन्वयमा पाल्पाको रामपुरमा फुड बैंक संचालनमा आएकाे छ । देशका विभिन्न जिल्लामा फुड बैंक स्थापना भएपछी यहाँका संघ सस्था पनि फुड बैंक स्थापना गरेर समस्यामा परेका नागरिकलाई दैनिकी चलाउन सहज होस् भनेर फुड बैंक स्थापना गरेका हुन् । "सक्नेले दिएर जाऔं, नसक्नेले लिएर जाऔ" भन्ने अभियानका साथ चलेको फुड बैंक पाल्पामा जारी निषेधाज्ञाका कारण नागरिकलाई आउन समस्या हुने भन्दै प्रशासनको समन्वयमा क्लबको समन्वयमा रामपुरका ५ ठाउमा घुम्ती सेवाको रुपमा लगिएको हो । रामपुर नगरपालिकाका वडा नम्बर ४ र ५ का विभिन्न टोलमा फुड बैंक राखिएको फुड बैंक अभियानका संयोजक तथा लायन्स क्लब रामपुरका अध्यक्ष पुरुषोत्तम केसीले जानकारी दिनुभयो । लायन्स क्लबले विभिन्न क्लब संग समन्वय गरि क्लब तथा दाताले दिएको सहयोगबाट तत्कस्ललाई टोल टोलमा पुर्याइ ५ किलो चामल, १/१ किलो नुन र दाल, आधा लिटर तेल दिइएको छ । कोरोनाको कहरको शुरूवातमा लकडाउनका बेका स्थानीय तहहरुले राहत सामाग्री दिएपनी दोस्रो चरणमा लकडाउन तथा विभिन्न जिल्ला र स्थानिय तहले कडाई गर्दै निषेधाज्ञा लगाएपछी काम गर्न नपाउदा दैनिकी चलाउन समस्या हुनेहरुलाई लक्षित गर्दै फुड बैंक स्थापना गरेको लायन्स क्लबका बिष्णु पौडेलले बताउनुभयो । भदौ ११ गते रामपुर बेझाड बजारबाट शुरु भएको अभियान अन्तर्गत सदावर्त, इस्लामपुर, मटेरीबाट खाद्यान्न वितरण गरिसकिएको रामपुर युवा क्लवका सचिव सुन्दर कंडेलले जानकारी दिनुभयो । दैनिक साझ २ घण्टा घुम्ती फुड बैंक चल्नेछ । लायन्स क्लव अफ रामपुरको समन्वयमा रामपुर युवा क्लव, सिज नेपाल, युथ युनियन मटेरी, इस्लामिक सक्रिय युवा समाज र भम्बक युनाइटेड युथ क्वलको सहकार्यमा फुड बैंक स्थापना भएको हो । सोही क्लबका युवाहरुको सक्रियतामा टोलमा सामाग्री पुग्नेछ । ती टोलका नागरिकलाई जानकारी दिइए अनुसार समस्यामा परेका आएर सामान लिगेर जाने गरेका छन् । फुड बैंक स्थापनाका लागि खुल्ला आह्वान गरिए अनुसार जनप्रतिनिधि, ब्यापारी, व्यबसायी, उद्योगी, संघ सस्थाका प्रतिनिधि र आम नागरिकले सकेको सहयोग दिएका छन् । हस्लसम्म १ लाख ४५ हजार बढीको सहयोगमा खाद्यान्न जुटाई १ सय ८० घर परिवारलाई बितरण गरि सकिएको आर्थिक संयोजक तथा युथ युनियन क्लब मटेरीका दिपेन्द्र प्रसाद भट्टराईले बताउनुभयो । सोमबार भम्बकबाट खाद्यान्न बितरण गरिए संगै पहिलो चरणको अभियान सकिने भम्बक युनाइटेड क्लबका अध्यक्ष लक्ष्मण मल्लले जानकारी दिनुभयो।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update