Erani Mahal
गुल्मीका पत्रकार ज्ञवालीको छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक
DARK-MOON_SHORT-FILM_FOR-NEWS
शुशिल नेपाल पाल्पा- ‘डार्क मुन’नामक छोटो चलचित्र सार्र्वजनिक गरिएको छ । चलचित्रलाई एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीले निर्देशन गर्नुभएकाे हाे । गुल्मीका पत्रकार ज्ञवालीलेरुरु एफएमबाट पत्रकारिता सुरु गर्नुभएकाे थियाे । बुटवलबाट प्रकाशित हुने जनसंघर्ष, दैनिकपत्र, काठमाडौंबाट प्रकाशित नयाँ पत्रिका हुँदै उहाँ पछिल्लो समय कान्तिपुर पब्लिकेशन्समा आवद्ध हुनुहुन्छ । रामजीले यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गर्नुभएकाे थियाे । शनिबार सार्वजनिक गरिएको ‘डार्क मुन’मा वालकलाकार क्रिजन गौतम, साहिल खान, सूर्या थापाले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् । साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमाण्डेड ट्रेलर मेकर हुन् । सुर्या केही चलचित्रमा अभिनेत्रीको भुमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका वालकलाकार हुन्। बुटवलमा बस्ने क्रिजनले सानै उमेरदेखि देखाएको प्रतिभाको चौतर्फी तारिफ हुँदै आएको छ । उनले अभिनय गरेको ‘प्रेम गीत ३’ प्रदर्शनको तयारीमा छ। शनिबार सार्वजनिक ‘डार्क मुन’मा क्रिजनले मनछुने अभिनय गरेका छन् । चलचित्रमा अभिभावकले सन्तानप्रतिको जिम्मेवारी बिर्सदा निम्तने परिस्थिति देखाइएको छ । चलचित्रबारे निर्देशक ज्ञवाली भन्नुहुन्छ, –‘यो समाजको यथार्थ तस्वीर हो । आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने शन्देश दिनु यसको उद्धेश्य हो ।’ डार्क मुनको कथा नेपाली चलचित्र उद्योगका सफल चलचित्र लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ । चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ । हेर्नुहाेस भिडियाे https://www.youtube.com/watch?v=C7T94cRTjhM&fbclid=IwAR0MX59GajD7GKdvtNGHqKxYgX_ZAhXku8TC1sW1oDrN6fHKC2D3vFMN0-k
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update