Erani Mahal
रानीमहल समाचार प्रभाव : निस्दीका अशक्त खाम्चालाइ पुन: सहयाेय प्राप्त
b
पाल्पा- निस्दीका पुर्ण अशक्त हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग प्राप्त भएको छ। धन कमाउन विदेश पस्नुभएका निस्दीका खाम्चा पुर्ण अशक्त भएर फर्कनुभयो भन्ने रानीमहल समाचारको प्रभावबाट खाम्चाले सहयोग पाउनुभएको हो। गत असार २६ गते ईरानीमहल डटकममा प्रकाशित समाचारको प्रभावबाट खाम्चाले आइतबार नगद १० हजार सहयोग पाउनुभएको छ। निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल , भोर्मा स्थायी ठेगाना भएका हस्त बहादुर खाम्चा गएको २ वर्ष अगाडि साउदी अरेबियाबाट पुर्ण अशक्त भएर घर फर्कनु भएको हो। सोहि समाचार देखेर निस्दी गाउँपालिका ४ मित्याल स्थायी ठेगाना भएका हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा रहनुभएका मीन बहादुर सोमैले नगद १० हजार सहयोग गर्नुभएको छ । सहयोग रकम रानीमहलकर्मी खाम्चाको घरमै गएर बुझाउनु भएको छ। रकम बुझ्नुहुँदै खाम्चाले सहयोग गर्नुभएकोमा सोमै र रानीमहल समाचारलाई धन्यवाद दिनुभएको छ। यसभन्दा अगाडि खाम्चालाई नगद ५ हजार सहयोग प्राप्त भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update