Erani Mahal
पाल्पामा पीसीआर मेसिन स्थापना गर्न एक कराेड निकासा
so
पाल्पा - पाल्पा अस्पतालमा पिसिआर मेशिन जडान गर्न सरकारले एक कराेड निकासा गरेकाे छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले पाल्पा अस्पतालकाे नाममा पीसीआर मेसिन खरिद् गर्न आवश्यक रकम निकासा दिएकाे पूर्वमन्त्री एवं संघीय सांसद साेमप्रसाद पाण्डेयले जानकारी दिनुभयाे । यसअघि मन्त्री परिषद्ले गरेकाे निर्णय कार्यान्वयन गर्न छोटो प्रक्रियाका लागि प्रधानमन्त्रीकाे कार्यालयबाट रकम अस्पतालकाे नाममा निकासा गरिएकाे उहाँले बताउनुभयाे । आफू पाल्पाबाट निर्वाचित जनप्रतिनिधि भएकाले पाल्पामा काेराेना परीक्षण गर्न मेसिन स्थापनाका लागि निरन्तर खटेकाे उहाँले बताउनुभयाे । लामाे प्रयासपछि मेसिन ल्याउन ढिलाइ भएकाले छिटाे प्रकृया अगाडि बढाउन याे पहल गरिएकाे उहाँले बताउनुभयाे । यसले कोरोना समुदायमा देखिन थालेको यस परिस्थितिमा पाल्पाली दिदीबहिनी दाजुभाइको जिल्लामै पीसिआर परीक्षण गर्न सहज हुने उहाँले विस्वास गर्नुभएकाे छ । उता पाल्पामा पीसीआर मेसिन राख्नका लागि पूर्वाधार निर्माणकाे काम सकिएकाे छ । जिसस पाल्पाकाे काजीपाैवास्थित भवनमा पीसीआर मेसिन राख्नका लागि पूर्वाधार तयार गरिएकाे छ । पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले पीसीआर मेसिन राख्नका लागि आन्तरिक पूर्वाधार निर्माणकाे काम सकिएकाे बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update