Erani Mahal
काेराेना भाइरस र नेपाल सरकारकाे वितण्डा : एक चर्चा
Untitled-2 copy
- दलजित श्रीपाली चीनकाे वुहानबाट फैलिएकाे भनिएकाे काेराेना भाइरस(काेभिड-१९) महामारी राेगकाे प्रभाव विश्वभरी फैलिएकाे छ । विकासाेन्मुख राष्ट्रदेखि महाशक्ति राष्ट्रहरु समेत काेभिड-१९ काे आतँकबाट निरही भएका छन्। ठुलाे मानविय क्षति भएकाे छ । विश्वअर्थतन्त्र धरासयी भएकाे छ । मानिसका दैनिक जीवनहरु अस्तव्यस्त भएका छन् । काेभिड-१९ माथि विजयीका लागि वैज्ञानिकहरु शाेध, अनुसन्धानमा निरन्तर लागिरहेका छन्। विगतका विश्वव्यापी प्राणघातक भाइरस राेगमाथि पनि मानिसले विजयी प्राप्त गरेका छन् तर धेरै मानविय क्षतिपछि मात्र । काेभिड-१९ फैलिने तरिकाकाे वैज्ञानिक आधार यही हाे भनी ठाेकुवा गर्ने कुनै तथ्यसंगत प्रमाण छैन् ।शाेध कार्य जारी छ । शाेधविनाकाे अभिव्यक्ति दिनु हुँदैन् यसले जनमानसमा भ्रम सृजना गर्दछ । नेपाल भने यसबाट अछुतो रहन सकेन् । छिमेकी राष्ट्र चीनमा काेभिड-१९ ले हजाराैं मानिसकाे ज्यान लिईसक्दा पनि राेगप्रति वेवास्ता गर्दै सरकार उदासिन रहयाे । नेपालमा अग्ला सेताम्यै हिमालहरु छन्,नेपालीहरुलाई सिटिमिट्टी राेगले छुँदैन् , सानातिना राेगहरु त नेपालीहरुले हिड्दा हिड्दै पचाई हाल्छन् भन्ने भ्रमपुर्ण अभिव्यक्ति दिदै सरकार पन्छिन थाल्याे। महामारी विरुद्ध लडने र जित्ने कुनै तयारी भएन् । फ्रान्सबाट आएकी एक युवतीमा काेराेना भाइरस देखा परेपछि मात्र सरकारले लकडाउन घाेषणा गरयाे ।जनताले सरकारकाे उक्त निर्णयकाे स्वागत गर्दै सफल पार्न समर्थन जनाए ,जनताबाट समर्थन पाएकाे "लकडाउन"काे निर्णयप्रति सरकार मक्ख बन्याे । अर्काे छिमेकी राष्ट्र भारतबाट काेराेना भाइरस भित्रिने तर्फ वास्तै गरेन् ।खुल्ला सिमाना भारत नै काेभिड-१९ काे मुख्य श्राेत बन्थ्याे -नेपालकाे लागि । भैदियाे त्यही-"नेपाल-भारत खुल्ला सिमाना"बाट भारतमा रहेका लाखाै नेपाली र नेपालमा बसाेवास गर्ने भारतीयहरु जवर्जस्त सिमाना पार गर्ने, भागेेर,लुकेर,चाेरबाटाे भएर नेपाल प्रवेश गर्नु,सिमानामा क्वारेन्टाइन नहुनु, गाउँमा पसि लापरबाही भेटघाट गर्नु,सरकारबाट कुनै प्रकारले उनीहरुकाे खाेजतलास नगर्नुले राेग फैलिने अनुकुल वातावरण बन्याे । स्थानिय तहमा स्वास्थ्यकर्मी ,स्वास्थ्य सामग्री,क्वारेन्टाइन , आईसाेलेसनकाे अभावकाे कारण राेग बढने खतरा रहयाे । विदेशमा रहेका आफ्ना नागरिककाे उद्दार,राहत र सुरक्षाप्रति नेपाल सरकार पुरै गैरजिम्मेवार रहयाे । काेभिड-१९ महामारीले देश र जनतामाथि आतँक मच्चायाे । सरकारले राेग नियन्त्रणका लागि " काेराेना भाइरस नियन्त्रणकाे नाउमा काेभिड-१९(नाेभल काेराेना भाइरस)राेकथाम तथा नियन्त्रण उच्च स्तरिय समिति, काेराेना क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसिएमसि) काेराेना भाइरस सँक्रमण,राेकथाम,नियन्त्रण तथा उपचार काेष" गठन गरयाे । उद्दार, राहत र उपचारकाे लागि गठित समितिहरुले भ्रष्टाचारको खेलाेमेलाेमा लागेकाे भन्ने समाचारले विभिन्न पत्रपत्रिका,अनलाइन,मिडिया, सामाजिक सँजालहरु भरीए । गरिबका झुपडीदेखि शासकका महलसम्म सरकारी र सुविधा सम्पन्न व्यक्ति केन्द्रीकृत भ्रष्टाचारले खैलाबैला मच्चायाे । देशभर प्राणघातक राेग काेराेना भाइरसले अहिलेसम्म १२६ जनाकाे मृत्यु भैसकेकाे छ भने २९,६४५ संक्रमित रहेकाेमा १७,९६४ जनालाई रिकभर भएकाे स्वास्थ्य मन्त्रालयकाे तथ्यांकले देखाउछ ।महामारी देशव्यापी तिव्ररुपमा फैलिरहेकाे छ । उच्च सतर्कता र सचेतताकाे आवश्यकता छ। लकडाउनमा ज्यालादारी मजदुरहरकाे राेजीराेटी खाेसिदा, एक छाक खान नपाई सडकमा भाैतारिदा, भाेकभाेकै पैदल यात्रा घरतिर फर्किदा सरकार भने चाैरासी व्यन्जन सहित भ्रष्टाचारमा "मालामाल" । औषधि सामग्री खरिद, राहत, उद्दार सबैमा अनियमितता । सरकारकाे काम जनतालाई साथ र सहयाेग गर्नु हाेइन, बाेलिदिए पुग्याे । राज्यकाेषमा जम्मा गरेकाे अरबाै रकमकाे हिसाबकिताब छैन् ।अप्राकृतिक र अपारदर्शी याे भन्दा अरु के हुन सक्छ र ?-नेेपालमा । सरकारकाे वेवास्ता,लापरबाही र गैरजिम्मेवारीकाे कारण राजधानी काठमाडौ काेराेना भाइरसले केन्द्र बन्दैछ, सरकारी नियन्त्रणभन्दा बाहिर छ-महामारी । दिनप्रतिदिन संक्रमित र मृत्यु दर बढीरहेकाे छ । देशका मुख्य शहर र राजधानी काठमाडौमा निषेधाज्ञा जारि गरेकाे छ । देशव्यापी जनजीवन कष्टकर बनीरहकाे छ । राेगकाे महामारी र भाेकमरीकाे हाहाकार मच्चिएको छ ।लकडाउनबीचमा देशव्यापी रुपमा हत्या,बलात्कार, लुटपाट लगायत अपराधीक घटनाहरु घटिरहेका छन्। सरकार कानमा तेल हालेर बसिरहेकाे छ। जनताका लागि सरकार " कागलाई वेल पाक्याे हर्ष न विल्लास "सरह भएकाे छ । काेराेना भाइरसकाे कारण मानव सभ्यता र सँस्कृतिमै नकारात्मक असर पारेकाे छ ।लाग्छ- घरभित्र बन्दी जीवन विताउनु पर्दा मानिसकाे स्वतन्त्रताकाे अधिकार नै गुम्याे ।"सरकार भन्छ-"क्वारेन्टाइन ,लकडाउन,आईसाेलेशन, घरभित्र बस्नु,बाहिर ननिस्कनु, सामाजिक दुरी कायम गर्नु, सावुनपानी,स्यानिटाईजर,पँजा,चश्मा,पिपिई प्रयाेग गर्नु, बेसारपानी खानु, हाछयु-साछयु गर्नु काेराेना भाग्छ ।रिङटाेन बजाउने, राष्ट्रिय गान गाउने र दिमागबाटै काेराेना हटाउने, सरकारकाे सुझाव यस्ता छन, उता संक्रमित विरामीहरुले औषधिकाे पाउनु त परै जावस-अस्पतालमा वेड नै नपाई दिनप्रतिदिन मरिरहेका छन् । पिसिआर प्रयाप्त नहुँदा अझै कति छन्-विरामी, कुनै एकिन डाटा छैन ।भयभव लाग्दाे परिस्थितिकाे सृजना हुँदै गएकाे छ । स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ज्यानकाे बाजि थापेर उपचार र सुरक्षामा अहाेरात्र खटिएका छन्। सुरक्षा कवजकाे अभाव छ । सुरक्षाकर्मीहरुले सडकमा नाङ्गै हात मानिसहरु समात्नु, बल्छी लिएर तानेर भ्यानमा काेच्नु निश्चित रुपमा जाेखिमपुर्ण कार्य थियाे ।औषधि किन्न गएका विरामी/उपचारमा खटिएका डाक्टरले समेत सुरक्षाकर्मीबाट निर्घात कुटिन पुग्दा जनसम्बन्धमा केही गम्भीर प्रश्नहरु पनि उठे । क्वारेन्टाइनकाे अवस्था अध्ययन अनुगमन छैन्,नाम मात्रका क्वारेन्टाइनमा मृत्युदेखि बलात्कार,जातीय छुवाछूत र विभेदका कैयौं घटनाहरु घटिरहदा सरकार जवाफदेही बन्न सकेकाे छैन् । स्वास्थ्यकर्मीमाथि स्पष्टीकरण लिने,गरिबीको पिडालाई धज्जी उडाउने काममा लाग्नु सरकारकाे नियतमा समस्या रहयाे। प्रधानमन्त्री वेडमा ठलिएका बेला आसेपासेहरु सल्बलाएर -भ्रष्टाचारमा लिप्ट भए, अनियमितताले सिमा नाघ्याे ।अनियमितताकाे समाचार इन्टरनेटबाटै हटायाे, सवारी पास र सरकारी साधनकाे चरम दुरुपयोग भयाे । जसकाे आज कुनै छानवीन गरि दाेषीउपर कार्वाही छैन-दण्डहीनता झै अवस्था । काेभिड-१९ ले नेपाल जस्ताे विकासाेन्मुख देशमा गम्भीर असर पारेकाे छ । लकडाउनकाे अवधिमा कालाे बजारी र मूल्य वृद्धिले प्रसय पायाे, भ्रष्टाचार माैलायाे । पेशा,व्यवसायी व्यापार,उद्योग,कलकारखाना,शैक्षिक, पर्यटन, उत्पादन क्षेत्रहरु ठप्प भएका छन् ।रेमिटेन्स घटेको छ,वेराेजगारी बढेकाे छ, लगानी ठप्पै छ ।देशकाे अर्थतन्त्र धरासायी भएकाे छ ।कृषि क्षेत्र अस्तव्यस्त छ।काेभिड-१९ माथि मानव समुदायकाे विजयी पछि नेपालकाे अवस्था के? सरकारकाे "भिजन र मिशन" के? कसैलाई चिन्ता र मतलव छैन् । सरकारले " सर्वदलीय राजनैतिक सँयन्त्र" बनाई काेराेना भाइरस विरुद्ध लडेर विजयी प्राप्त गर्नुकाे विकल्प छैन् । जस्ताे काेराेना भाइरस- उस्तै सरकार भएर नेपाल र नेपालीलाई"सुखी नेपाली र समृद्ध नेपाल"काे सपना र जनताकाे जनवाद हुँदै समाजवादकाे लक्ष्य चुम्न सकिँदैन ।सरकार ! देश र जनताकाे सेवक र अभिभावक बन्नु पर्छ । काेराेना भाइरसबाट अस्तव्यस्त बनेकाे नेपाललाई विकासकाे उचाईमा पुरयाउने अवसर पनि प्राप्त भएकाे छ । पुर्वमन्त्री- युवा तथा खेलकुद
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update