Erani Mahal
तिनाउका विभिन्न स्थानमा पक्की पुल निर्माणसँगै स्थानीयलाई सहज
117883011_741822859987172_4826627322763273572_n
पाल्पा–तिनाउ गाउँपालिकका विभिन्न स्थानमा निर्माण भएका पक्की पुलहरु सम्पन्न भएका छन् । पक्की पुल नहुँदा वर्षातको समयमा दुख पाउने स्थानीयहरु अहिले वर्षातमा समेत मोटर र पैदलदुवै यात्रालाई सहजता भएको छ । दोभान चौकी देखि गाउँपालिका बीचमा पर्ने झुम्सा खोलामा करिब ८ करोडको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ यातायात समेत संचालनमा आएको छ । यो पुल निर्माणसँगै सिद्धबाबा क्षेत्रमा बाटो अवरोध भएमा यो पुल तरेर नुवाकोट हुँदै बुटवल जान सहज हुनेछ । गाउँपालिका भबन नजिकै र दोभान माबि बीचको कचल खोलाको पक्किपुल पनि निर्माण पूरा भएको छ यसकाे लागत पनि ८ कराेड रहेकाे छ । यि दुइ पुल निर्माणले तिनाउबाट वुटवल जान वाइपास सडककाे लागि सहजता भएकाे छ । त्यस्तै रानीबगिया, झिंगामारा हुँदै कचल जाने बाटोमा पर्ने पुल ८ करोड लागतमा निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष ओम घर्तीले रानीमहललाई बताउनुभयो । चरचरेबाट कोल्डाँडा विस्कुनडाँडा जानेबाटोमा पर्ने पक्की पुल पनि यसै आवमा सम्पन्न हुने अध्यक्ष घर्तीले रानीमहललाई बताउनुभयो । झुम्साबाट सत्यवती जानेबाटोमा पर्ने गोरव्दीघाटमा यसै वर्षबाट पक्की पुल निर्माण सुरु हुनेछ । डुम्रे चाकल्दी कुसुमखोला मोटरबाटोको चाकल्दी घाटमा र पानीमिल डुम्रेमा यसैवर्ष पक्की पुल निर्र्माणको लागि केन्द्र र प्रदेश तथा स्थानीय तहको समन्वयमा कामहरु हुने अध्यक्ष घर्तीले रानीमहललाई बताउनुभयो । झुम्सा चौकीभन्ज्याङ्ग जाने बाटोमा १÷१ करोडको लागतमा ३ वटा कल्र्भट निर्माण हुँदैछ । दोभान कचल मोटरबाटोमा पर्ने कुर्मामा खोलामा यसैवर्ष प्रदेश सरकारबारट पक्की पुलको सर्वे र काम सुरु हुने अध्यक्ष घर्तीले रानीमहललाई बताउनुभयो । उहाँका अनुसार पुल निर्माण भएपछि तिनाउँ सँगै अन्य क्षेत्रका स्थानीयलाई समेत वर्षातमा यातायातमा हिड्डुलमा सहजता हुने रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update