Erani Mahal
तिनाउको कल्याणी आधारभूत विद्यालयको भवन सिलान्यास
117945884_989230181548809_2723793947339991311_n
पाल्पा । तिनाउँ गाउँपालिका ५ चौविसमाइलमा रहेको कल्याण्ी आधारभूत विद्यालयको भवन सिलान्यास गरिएको छ । राष्टिय पुर्न निर्माण प्राधिकरण मार्फत ७२ लाख लगानीमा बन्न लागेको भवनको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले उद्घाटन गर्नुभयो । कोरोना महामारीको कारण शिक्षा क्षेत्रमा ठूलो क्षति भएकोले यस्तो अवस्थामा बन्न लागेको भवन समयमै सम्पन्न हुने र शैक्षिक विकासमा सहयोग गर्ने अध्यक्ष घर्तीले बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक सुन्दर गाहा, वडा अध्यक्ष दलबहादुर दर्लामी, जिल्ला शिक्षा समितिका सदस्य लगायतको सहभागिता रहेको थियो । विद्यालयको कक्षा ५ सम्म केराबारीमा रहेको र विद्यार्थी संख्या कम भएका कारण मर्ज वा अन्यत्र स्थानन्तरण गर्ने विषयमा समेत छलफल भयो । चौविस माइलमा सारिएको विद्यालयको १ सइ ६५ जना विद्यार्थीहरु रहेका छन् । विद्यालयको कक्षा ५ र ८ को नतिजा राम्रो रहेको विद्यालयका प्रअले जनाउनु भएको छ । पूर्न निर्माण प्राधिकरण मार्फत तिनाउँमा गत वर्ष ८ र अहिले १० वटा गरी १८ वटा विद्यालयको भवन परेको अध्यक्ष घर्तीले बताउनुभयो । उहाँले विद्यालयमा बजेट उपलव्ध गराएकोमा प्राधिकरणलाई धन्यवाद दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update