Erani Mahal
पेट्रोलियम पदार्थको मूल्य बढ्याे
petrol
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयाे । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताउनुभयाे । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेकाे प्रवक्ता उपाध्यायले बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update