Erani Mahal
कुटपिटबाट निस्दीका एक युवककाे ज्यान गयाे
dead
पाल्पा - निस्दी गाउँपालिका-७, ज्यामिरे अधमाराका एक पुरुषको स्थानीय एक युवकको कुटाईबाट मृत्यु भएको छ । साउन १० गते घर नजिकैको खेल मैदानमा खेल हेर्न पुगेका अधमारका ४२ वर्षका पुरुष रिकमान दिसुवाको घरमै मृत्यु भएकाे हाे । निस्दी अधमाराका स्थानीय २० वर्षका दुर्गाबहादुर सारुको कुटपिटबाट दिसुवा घाइते भएका थिए । घाइते दिसुवाको १७ दिनपछि घरमै मृत्यु भएको बताइएकाे छ । खेलिरहेका सारुले बसेर खेल हेरिहेका दिसुवालाई एक्कासी पिटेर घाइते बनाएकाे स्थानीय बासिन्दाकाे भनाइ छ । कुटपिटबाट दिसुवाको टाउँको, आँखा, ढाडमा चोट लागेको थियो । दिसुवाको गाउँकै स्वास्थ्य चौकीमा उपचार भएपनि निकाे हुन सकेकाे थिएन । दिसुवाको मृत्यु पछि मात्र आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे । परिवारले साउन २७ गते जाहेरी दिएपछि सारूलाइ पक्राउ गरिएकाे छ । जाहेरीका आधारमा सारुलाई नियन्त्रणमा लिई ज्यान मार्ने सम्बन्धी मुद्दा चलाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । दिसुवाकाे पाल्पामा पाेष्टमार्टम हुन नसकी काठमाडाैँमा शब पठाइएकाे छ । काठमाडाैँमै पोष्टमार्टमपछि दिसुवाको शुक्रबार काडमाडौंको आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update