Erani Mahal
लुम्बिनी अस्पताल बुटवलमा ४५ मिनेटमै काेराेनाकाे पिसिआर परीक्षण !
lumbeni huspital
वुटवल- बुटवलमा रहेकाे लुम्बिनी प्रादेशि अस्पताल बुटवलमा ४५ मिनेटमा नै पिसिआर परीक्षणको रिपोर्ट आउने भएको छ । अस्पतालको प्रयोगशालामा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२ को ल्याव मेसिन जडान भएपछि ४५ मिनेटमै पिसिआर परीक्षणको रिपोर्ट आउने भएको हो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जडान गरिएको नयाँ ल्यावको उद्घाटन गर्दै स्वाब परीक्षणका लागि नमुना दिएका छन् । मन्त्री बरालले दिएको स्वाबको पिसआिर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । नयाँ ल्याव सञ्चालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने बताउँदै मन्त्री बरालले पिसिआर परीक्षणको रिपोर्टका लागि कयौंदिन कुर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयाे । सरकारले ल्यावको व्यवस्थापनलाई तिब्रता दिएको बताँदै उनले प्रदेश ५ मा कोरोना भाइरस लगायत सबैखाले परीक्षण सहज र छिटो छरीतो हुने दाबी गरे । ४५ मिनेटमा रिपोर्ट दिन सक्ने ल्याब मेसिन प्रदेश नं ५ मा पहिलोपटक संचालनमा आएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update