Erani Mahal
प्रदेश ५  का स्वास्थ्य महाशाखा प्रमुखलाई नै कोरोना पोजेटिभ !
Long Island Laboratory To Start Semi-Automated Coronavirus Testing
बुटवल । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकरप्रसाद चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । उहाँलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । कोरोना बिरुद्धको अभियानमा सक्रिय सहभागी भएका चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई कोभिड-१९ संक्रमण देखिएको पुष्टि गरेका हुन् । मन्त्रालयका उच्च अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहान मन्त्रालयको मुल गेट बन्द गरि उनका सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिएको छ । उहाँको सम्पर्कमा आएका प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको र अन्यको स्वाव संकलन गर्ने कार्य भैरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा सर्वसाधारणलाई आवत जावतमा रोक लगायए पनि मन्त्रालयबाट हुने काम भने नरोकिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update