Erani Mahal
त्रिभुवन विश्वविद्यालयकाे स्नातकोत्तर तहको नतिजा सार्वजनिक
tu
काठमाडाैं - त्रिभुवन विश्वविद्यालयले विहिबार स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले माघ महिनामा लिएको मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ स्नातकोत्तर तह दोस्रो वर्ष ( अर्थशास्त्र) को नजिता सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MA लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । भने नेपाल टेलिकममा १६०२ डायल गरेर पनि नतिजा थाहा पाउन सकिने छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट www.tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update