Erani Mahal
पाल्पाको निस्दीमा जीप दुर्घटना २ को मृत्यु ६ जना घाइते
jip_aaccident
पाल्पा- निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ करिब साढे ५ बजे गल्धाको पटकसर नजिकै दुर्घटना भएको थियोे । गाडी स्ताफ सहित १० जना सवार जिप दुर्घटनामा परि निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटना स्थलमै मृत्यु भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवले बताउनुभयो । दुर्घटनामा परि घाइते हुनेहरुमा निस्दी ५ गल्धा , पटकसरका ४ जनामध्ये ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु रहेका छन । त्यस्तै घाइते हुनेहरुमै निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्याल , काफलका २२ वर्षीय विष्णु माया सारु रहनुभएको छ। घाइतेहरुको उद्दर गरि उपचारको लागि तानसेन स्थित मिशन हस्पिटलमा पठाएको प्रहरी हवल्दार यादवले बताउनुभयो । जिप वर्षेयामका कारण बाटो भास्सिएर दुर्घटना भएको निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालका वडा सदस्य रनबहादुर गाहाले घटना स्थलबाट बताउनुभएको छ। जिप सडकबाट करिब ७ सय मिटर तल झरेको छ। गाडी दुर्घटना पछि चालक र सहचालक फरार रहेकोले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update