Erani Mahal
पाल्पाकाे तिनाउमा एक युवा मृत फेला, हत्याको आशंका
Dath
पाल्पा- पाल्पाको तिनाउमा एक युवा मृत अवस्थामा फेला परेका छन् । तिनाउ–३ स्थानीय २४ वर्षिय इन्द्रबहादुर लम्तरी मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय दोभानले जनाएको छ । घर नजिकैको पाटीपौवामा भेटिएका उनको घाँटीमा निल डाम तथा खुट्टामा रगतका छिटाहरु देखिएकाले हत्याको आशंका गरिएको छ । घटना संकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसन्धान टोली घटना स्थलमा आउँदै गरेको वडा नम्बर ३ का अध्यक्ष प्रेम पाण्डेले जानकारी दिनुभयाे । मृतक युवा सोही स्थानको टिप्पर सहचालक रहेको टिप्पर व्यवसायी तोया लम्सालले बताउनुभयाे ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update