Erani Mahal
कपिलवस्तुमा समुदायस्तरमा कोरोना देखियाे, प्रशासनद्वारा कडाइ
Coronavirus-recession
कपिलवस्तु- कपिलवस्तुमा समुदायस्तरमा कोरोना देखिएपछि भोलि साउन २७ गतेबाट थप कडाइ गरिने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति भयावह हुन नदिनको लागि थप कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवामा आज बसेको सुरक्षा संयन्त्रको वैठकले भोलिबाट थप कडाई गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । जिल्लामा अहिले तीव्र रुपमा कोरोनासंक्रमण दर फैलिएको छ । हिजो मात्र कपिलवस्तुमा समुदायस्तरका थप १७ जना कोरोना संक्रमित पुष्टी भएका छन् । योसंगै जिल्लामा संक्रमितको संख्या ८ सय ५७ पुगेको छ । आजको वैठकले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु एम्बुलेन्स तथा शव बाहन सेवा, औषधी, तरकारी, दूध, किराना तथा खाद्य पदार्थको किनबेच बाहेक अरु सबै सेवा बन्द हुने पौडेलले बताउनु भयो । अत्यावश्यक पसल खुल्नको लागि पनि समय निर्धारण गरिएको छ । साउन ३२ गते गते मध्येराति १२ बजे सम्म विहान ८ देखि १० सम्म २ घण्टा मात्र ती पसल खुल्न पाउने छन् भने अन्य सबै पसल पूर्ण रुपमा बन्द हुने छन् । संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यो निर्णय गरिएको पौडेलले बताउनु भएको छ । गत साउन २२ देखि ३२ गतेसम्मका लागि बैकिङ र सार्वजनिक संस्थाका सार्वजनिक कामकाज, सार्वजनिक यातायात ठप्प थिए । तर बजार र निजी सवारी साधन भने खुला रहँदा संक्रमण बढेको गुनासो थियो । त्यही गुनासोका आधारमा यस्तो निर्णय लिएको पौडेलले बताउनु भयो । अहिले नीजि सवारी संचालनमा जोर विजोर प्रणाली लागु गरिएको छ । आजको वैठकपछि अब जोर विजोर प्रणालीमा चलेका नििज सवारी पनि चल्न बन्द हुने छन् भने पूर्व पश्चिम राजमार्ग भएर चल्ने सवारीमा पनि चढ्ने र ओर्लने कार्य बन्द शुने छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update