Erani Mahal
पिपलडाँडामा पहिरो जाँदा सिद्धार्थ राजमार्गको पाल्पा-स्याङ्जा सडक अबरुद्ध
pahiro
पाल्पा-जिल्लाको पिपलडाँडामा पहिरो जाँदा सिद्धार्थ राजमार्गको पाल्पा-स्याङ्जा सडक अबरुद्ध भएको छ । आइतवार साँझ ७ बजेको समयमा रम्भा गाउँपालिका ३ पिपलडाडा स्थित सिद्दार्थ राजमार्गमा बर्षाको कारण सडक देखि माथीबाट पहिरो खसी बाटो पुर्ण रुपमा अबरोध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त स्थानमा प्रहरी चौकी राम्दीबाट प्रहरी सहायक निरिक्षक नागेन्द्र मल्लाहको कमाण्डमा ३ जनाको टोली खटिई गई सडक डिभिजन कार्यालय संग समन्वय गरी पहिरो हटाउने पहल भईरहेको प्रहरी प्रवक्ता मदन गिरीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update