Erani Mahal
माथागढीमा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
birdhavatta
पाल्पा- सामाजिक सुरक्षा भत्ता व्यवस्थित गर्न माथागढी गाउँपालिकाले बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गरेको छ। माथागढी गाउँपालिकाले चौमासिक रुपमा आठ ओटै वडाका जेष्ठ नागरिक अन्य ७० बर्ष पुगेकालाई १२ हजार,जेष्ठ नागरिक दलित ६० वर्ष ८ हजार, एकल महिला ८ हजार, पूर्ण अपांग (क) वर्ष १२ हजार आङ्सिक अपांग (ख)बर्ग ६४ सय र दलित बालबालिका ५ बर्ष मुनि १६ सय रुपैया सामाजिक सुरक्षा भत्ता मार्फत वितरण गर्ने गरेको गाँउपालिकाका पञ्जीकरण सेवा इकाई संयोजक विधा भट्टराईले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर १ मा एन.एम.बि बैंक आर्यभञ्जाङ शाखा,वडा नम्बर २,३ मा रहेको गोलोबल बैंक माथागढी सराई शाखा र वडा नम्बर ४,५,६,७,८मा रहेको मेगा बैंक नेपाल लि. माथागढी झडेवा एकस्टन्सन संग गाउँपालिकाले सहकार्य गरि भत्ता बितरण गरेको छ। जेष्ठ नगरिक र अपांग हरुलाई सहज होस भन्ने उद्देश्यका साथ बैंक र गाउँपालिकाको सहकार्यमा प्रत्येक वडामा बैंकको खाता खोल्ने सिविर संचालन गरिएको थियो । भत्ताको लागि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा निबेदन दिइसकेपछि वडा कार्यालयले भत्ता खाने योग्य छ छैन भनेर छानबिन गरेर योग्यलाई गाउँपालिकामा सिफारिस गर्ने र सम्बन्धित व्यक्तिले बैंकमा खाता खोलिसकेपछि गाउँपालिकाले अनलाइन प्रर्णलीमा उनीहरुको नाम समाबेश गरेपछि मात्र उनीहरुले भत्ता पाउने गाँउपालिकाका पञ्जीकरण सेवा इकाई संयोजक विधा भट्टराईले जानकारी दिनुभयो । बैंकिङ प्रणाली मार्फत भत्ता बितरण भएपछी सेवाग्राही हरुपनि खुशी भएका छन । हामीलाई गाउँपालिकाले उपलब्ध गराएको भत्ता हामी आफैले बुझ्नपाउदा पैसा बचतसँगै आफुहरु निकै खुशी भएको उनीहरुले बताएका छन ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update