Erani Mahal
बगनासकाली पोखराथोकका सडक खाल्डाखुल्डी र हिलाम्मे पैदलयात्रीलाई सास्ती
sadak
सञ्जय पहारी पाल्पा- बगनासकाली गाउँपालिका-२ भित्रका सबैजसो सडक खाल्डाखुल्डी र हिलाम्मे भएका छ्न । यो बर्ष असार सुरुसँगै शुरु भएको वर्षा साउनको अन्तिम सम्मनि अन्त्य नहुदा भलले गाउँभित्रका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै बनेपछि यस्तो अवस्था भएको छ । पोखराथोक,बिष्णु मा.बि,नौबिसे हुँदै माथागढी जोड्ने मोटबाटो पानीले ठाउँठाउँ भत्काई,सडकबाटै भल बग्दा पैदलयात्रु तथा सवारी साधन आवतजावतकालागी कठिनाइ भएको छ भने आर्यभन्ज्याङ,पोखराथोक हुँदै दमकडा,बासटारी जोड्ने मोटबाटोको पनि अवस्था उस्तै रहेको कतै बाटो भत्किएको छ भने कुनै ठाउँ मोटरबाटोमै भल पसेर मोटरबाटोनै बगाएको छ। मोटरबाटो निर्माण गर्ने कार्य समयमानै नगरी बर्षको अन्तिम लाग्दा सुरु हुने र अहिलेको साल पानी असारकै सुरुमा परेकाले मोटरबाटोको यो बिजोग भएको र जति सक्यो चाडो यस सडकलाई मर्मत गर्न स्थानीयले माग गरेका छ्न ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update