Erani Mahal
रूरू छेत्र गाउँपालिका गुल्मीद्वारा बजार अनुगमन, ७० प्रतिशत पसल विना दर्ता संचालन !
r
चुरामणि तिमिल्सेना- गुल्मी जिल्लाकाे रूरू छेत्र गाउँपालिका बजार अनुगमन गरेको छ । वार्ड न ४ का वार्ड अध्यक्ष पर्सुराम ज्ञवालीको सयाेजकत्वमा रिडि बजारमा अनुगमन गरिएको हो । अनुगमनकाे क्रममा खाध्यन, किराना, मेडिकल, कपडा पसल, चस्मा पसल, डेन्टल, टेलर, चिया पसल, खाजा तथा होटेल, डेरी लगायतका पसल विशेष रुपमा अनुगमन गरिएको वडा अध्यक्ष पर्सुराम ज्ञवालीले बताउनुभयाे । अनुगमन कार्यक्रममा ७० प्रतिसत गाउँ पालिकामा पसल दर्ता नभएका म्याद गुज्रिएका पसलको कर नै नतिरेका दुरि कायम नगरिकन पसल सन्चालन भएका साइनबोड नराखी पसल सन्चालन भएका जस्ता बिसयमा पसलेहरुको समस्या फेला पारियको अनुगमन का प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । अनुगमन कार्यक्रममा पालिकाका स्वास्थ शाख प्रमुख छत्र बहादुर अधिकारी, लेखा अधिकृत मनिष पान्डे, रुरु १ का वार्ड अध्यक्ष रामलल बिक, वार्ड सचिव गोबिन्द पौडल, उधोग बाणिज्य संघ बलेटक्सार गुल्मीका अध्यक्ष तोयनारायण ज्ञवाली पत्रकार सुरक्षा निकाय लगायतको सहभागीतामा अनुगमन गरिएको हो । आगामी अनुगमन एक हप्ता भित्रमा गर्न कार्यक्रम सम्योजक ज्ञवालीलाई अनुराेध गरिएकाे छ । अनुगमनको सिल सिलामा म्याद नागेका सामाग्रीहरु जलाएर नस्ट गरिने वार्ड अध्यक्ष बिकले जानाकारी दिनुयाे ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update