Erani Mahal
खानेपानी संस्थान बुटवलका प्रमुख घुस रकम सहित पक्राउ
pakrau1
बुटवल - बुटवलस्थित खानेपानी संस्थानका कार्यालय प्रमुख सन्तोष साहलाई अख्तियारकाे टाेलीले घुस रकमसहित पक्राउ गरेको छ । आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडाैँबाट खटिएको टोलीले इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट आइतबार पक्राउ गरेको हो । इन्जिनियर साहले खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो । खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीलाई रोकेर इन्जिनियर साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । शाहको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभएकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update