पाल्पा – आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका वडा नं. ३ तल्लो घोङ्सिङ्मा गोठ भत्किदा एक वटा भैँसी मरेको छ । स्थानीय घोङ्सिङका देवीसरा दिशाको भैँसी गोठ भत्किदा गोठमा रहेको भैँसी च्यापिएर मरेको प्रहरीले जनाएको छ ।
[caption id="attachment_12433" align="alignnone" width="696"] सांकेतिक तस्विर । [/caption]
यस्तै रम्भा गाउँपालिका वडा नं. १ भावनस्थित कालीगण्डकी कोरिडोरको सडक समेत अबरुद्ध बनेको छ । सडक निर्माण गर्नका लागि कालीगण्डकी काेरिडाेर अबरूद्ध गरिएकाे हाे ।
रामपुर जाने सडक समेत अबरुद्ध बनेको छ । निस्दी गाउँपालिका वडा नं. ५, टुनिभाङ्ज्याङ्मा पहिरोले रामपुर जाने सडक अबरुद्ध पारेको प्रहरीले जनाएको छ ।
पहिरो हटाउन डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लाका अन्य सडकहरु भने नियमित रुपमा संचालनमा छन् ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७ ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय