Erani Mahal
भारतीय सेनामा कार्यरत पाल्पा रम्भाका एक युवकमा काेराेना संक्रमण
aaa
पाल्पा – झण्डै दुई सातापछि पाल्पामा एक जना कोरोना संक्रमित देखिएका छन् । भारतबाट नेपाल घर पाल्पा रम्भा आएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भारतीय सैनिकको रुपमा कार्यरत रहेका र केही दिनअघि पाल्पा रम्भास्थित घरमा फर्किएका एक जना युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार रम्भा गाउँपालिका वडा नं. ५, ताहुँका २२ वर्षिय भारतीय सेनामा कार्यरत युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५६२ जना पुगेकाे छ भने ५६१ जना निको भएर घर फर्किएका छन् । एक जनाको भने उपचारको क्रममा मृत्यु भएको थियो । पाल्पामा हालसम्म समुदाय स्तरमा कोरोना भने फैलिन पाएको छैन । अहिले स्वास्थ्य कार्यालय पाल्पा, जिल्लाभरका गाउँपालिका तथा नगरपालिकाले समेत समुदायमा कोरोना जाँच गरिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update