Erani Mahal
पाल्पामा बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ
balatkar-garne-pakrau-1
पाल्पा – बोक्सीको आरोप लगाएर कुटपिट गर्ने दुई जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नवलपुर जिल्ला देवचुली नगरपालिका–४ का ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थानकी ३७ वर्षीया नममाया कुमाललाई पक्राउ गरेको हो । पाल्पाको रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा पुडासैनी र कुमालले स्थानीय बलबहादुर कुमाल र एक किशोरीलाई कुटपिट गरी घाइते बनाएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । पीडित कुमालले बोक्सीको आरोप लगाएर आफूहरुलाई अमानवीय व्यवहार गरेको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते दुई जनाको अहिले उपचार भईरहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update