Erani Mahal
तानसेनका पूर्व प्रधान पन्च एवम् शिक्षासेवी झमेन्द्र प्रसाद नेपालकाे निधन
j1
पाल्पा । तानसेन नगरपालिकाका पूर्व प्रधान पन्च एवम् शिक्षासेवी झमेन्द्र प्रसाद नेपालकाे निधन भएकाे छ । लामो सयमदेखि विभिन्न राेगबाट पीडित शिक्षासेवी नेपालकाे शुक्रवार राति निधन भएकाे हाे । [caption id="attachment_12386" align="alignnone" width="960"] तानसेन नगरपालिकामा आयाेजित श्रद्धान्जलि सभा । तस्विर गाेविन्द भट्टराइ । [/caption] तत्कालीन तानासेन नगर पन्चायतका प्रधान पन्च (२०२२), पाल्पा जिल्लाको शैक्षिक क्षेत्रमा विशेष योगदान दिनुभएका नेपाल जनता माध्यामिक बिधालय JVT पाल्पाका पूर्व प्रधानाध्यापक समेत हुनुहुन्थ्याे । झमेन्द्रप्रसाद नेपालको २०७७ साउन २३ गते ८४ बर्षको उमेरमा असामयिक निधन भएको हाे । उहाँकाे पार्थिव शरिरलाइ तानसेन नगरपालिकापरिसरमा २४ गते श्रद्धाञ्जली सभा गरेर अन्तिम विदाइ गरिएकाे छ । सभामा नगरपालिकाका प्रमुख अशाेक कुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठक लगायतका राजनीतिज्ञ समाजसेवी कर्मचारी शिक्षक स्थानीय लगायतकाे सहभागिता रहेकाे थियाे । उहाँकाे निधनप्रति विभिन्न संघ संस्था कार्यालय र व्यक्तित्वहरुले सामाजिक संजाल तथा विभिन्न माध्यमबाट समवेदना व्यक्त गरेका छन् । नेपालकाे निधनले पाल्पाकाे शैक्षिक क्षेत्रकाे अभिभावक गुमाएकाे उनीहरुले जनाएका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update