Erani Mahal
माथागढी गाँउपालिकाद्वारा उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण
DSC_0851
पाल्पा- माथागढी गाँउपालिकाद्वारा उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गरेकाे छ । माथागढी गाउँपालिकाले किसानलाई कृषिमा उत्साहित बनाउन किसानले उत्पादन गरेका कृषि उपजमा प्रोत्साहन रकम दिएको हो । गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने र कृषि क्षेत्रमा उनीहरुलाई आकर्षित गर्ने उद्देश्यले माण्डव्य कृषि सहकारी संस्था मार्फत ३९ जना दुग्ध र २९ जना तरकारी तथा फलपूmल कृषकका लागि १ लाख ५२ हजार ६ सय १० रुपैया अनुदान दिएको छ । त्यस्तै कृषकहरूलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अन्तरगत फुलबारी दुग्ध सहकारी संस्था माथागढी गाउँपालिका ३ कसेनी मार्फत १७ जना दुध उत्पादन गर्ने भैसीपालक किसानका लागि ६७ हजार ७ सय ५१ रुपैयाँ अनुदान दिएको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । माथागढी गाउँपालिकाका विभिन्न वडाहरुलाई फरक फरक कृषि उपजमा पकेट क्षेत्र बनाउने र उत्पादन बढाउने उद्देश्यले यहाँका किसानलाई अनुदान दिएको थापाले बताउनुभयो । गाउँपालिकाले दुध उत्पादन गर्ने भैसी पालक किसानका लागि प्रति लिटर २ रुपैयाँ र फलफुल तथा तरकारी उत्पादक किसानका लागि प्रति केजी ३ रुपैयाँका दरले अनुदान दिने निणर्य अनुसार सो रकम वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update