Erani Mahal
तिनाउकाे डुम्रे दुग्ध उत्पादक सहकारीलाई घाँस टुक्रा पार्ने मेसिन प्रदान
d 23
पाल्पा- तिनाउकाे डुम्रे दुग्ध उत्पादक सहकारीलाई घाँस टुक्रा पार्ने मेसिन प्रदान गरिएकाे छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन अायोजना बुटवल शाखाले तिनाउ गापा वडा नं ६ स्थित, डुम्रे दुग्ध उत्पादक सहकारी संस्थालाई करिब ३ लाख लागत पर्ने हरियो घाँस टुक्रा पार्ने (साईलेज) बनाउने मेसिन निशुल्क प्रदान गरेको हाे । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष आेमबहादुर घर्ती मार्फत सहकारीलाइ हस्तान्तरण गरिएकाे हाे । प्रमुख अतिथि घर्तिले व्यवसायी किसानलाइ पशु आहारा प्रदानमा मेसिनले सहयाेग गर्ने बताउनुभयाे । उहाँले मेसिन सहयाेग गरेकाेमा संस्थालाइ धन्यवाद ब्यक्त गर्नुभयाे । बर्षादको हरियो घाँस मसिनो बनाई प्लास्टिकमा प्याक गरिराखेमा पोषक तत्त्व यथावत रहनेगरी हिउदमा पशुलाई खुवाउन सकिन्छ । उक्त अायोजनाले तिनाउमा डेढ करोडोको लागतमा पशु बिकाश शाखा कार्यालय भबन समेत निर्माण गरिदिएको छ । आयाेजनाले एकजना पशु स्वास्थ्य कार्यकर्ता समेत तिनाउमा खटाएको प्रमुख घर्तीले रानीमहललाइ बताउनुभयाे । उहाँका अनुसार तिनाउलाइ दुध र पशुपालनमा आत्मनिर्भर बनाउने गाउँपालिकाकाे याेजना अनुसार संस्थासंग सहकार्य गरेर काम गरिएकाे बताउनुभयाे । मेसिन आयाेजनाका वुटवल इकाइ प्रमुख पुरुषाेत्म त्रिपाठीले मेसिन गाउँपालिकाका अध्यक्ष मार्फत सहकारीका अध्यक्ष दुर्गा खाँडलाइ हस्तान्तरण गर्नुभयाे । जिल्ला अध्यक्ष रामजी घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा अध्यक्ष टाेमबहादुर पुन व्यवस्थापक गाेपाल जिसी लगाएतले बाेल्नु भएकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update