Erani Mahal
जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा बजार अनुगमन
d
पाल्पा- जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा बजार अनुगमन गरेकाे छ । जिल्ला प्रशासन कार्यालय, पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा वन्जाडेको संयोजकत्वमा तानसेन नगरपालिकामा अवस्थित विभिन्न औषधि, खाध्य सामग्री, मासु तथा अन्य प्रकारका सामग्री विक्री वितरण गर्ने पसलहरुको अनुगमन गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले रानीमहललाइ बताउनुभयाे । अनुगमनको क्रममा माक्सको मूल्यमा एकरुपता कायम गर्न, पसलमा मूल्य सूची टास गर्न तथा स्वास्थ्य/सुरक्षाका मापदण्ड अपनाई विक्री वितरण गर्न निर्देशन दिएकाे सप्रजिअ बन्जाडेले बताउनुभयाे । अनुगमनमा तानसेन नगरपालिका नि.प्रमुख प्रशासकीय अधिकृत श्री रेशमलाल न्यौपाने, जिल्ला प्रशासन कार्यालय प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पन्थी, जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक लक्ष्मण पचभैया, नगरपालीकाका अधिकृत भरत प्रसाद आचार्य, नेपाल खाद्य प्रविधि तथा गुणास्तर निरिक्षण कार्यालय नि.प्रमुख नरेश श्रेष्ठ, पत्रकार महासंघ,पाल्पा कोषाध्यक्ष मिलन बिक,संचारकर्मी माधव अर्याल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा लक्ष्मण घिमिरे लगायतका कर्मचारी र सुरक्षाकर्मीहरुकाे सहभािगता रहेकाे थियाे । बजारमा माक्सकाे कालाेबजारी बढेकाे मूल्यवृद्धि बढेकाे काेराेना सामाजिक दुरी कायम नगरिएकाे विषयमा समाचार तथा गुनासाे आएपछि प्रशासनले अनुगमन गरेकाे हाे ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update