Erani Mahal
काेराेना  संक्रमणले गर्दा पाल्पामा राेपाइ जात्रा भएन
ropai jatra (1)
पाल्पा – विगतका वर्षहरूमा गाईजात्राको भाेलीपल्ट पाल्पाको सदरमुकाम तानसेनसहित हार्थोक, रामपुर, सराई लगायतका बजारमा राेपाइ जात्राकाे रमाइलो हुन्थ्यो । तर यो वर्ष भने तानसेन लगायतका कुनै पनि स्थानमा राेपाइ जात्रा देखिएन । फाइल फाेटाे रानीमहल सडकमै राेप्ने र सडकमै मानिसहरु नारिने गरी मनाइने राेपाइ जात्रा तर विगतका वर्षहरुमा कम हुँदै गएता पनि यस वर्षकाेराेना संक्रमणकाे भएका कारण भएन । राेपाइजात्रा हेर्नका लागि गाउँदेखि सहरसम्मका मानिस जात्राको वरपर झुम्मिन्थे तर यो वर्ष भने सुनसान नै रह्याे । गाउँबाट मानिस आएनन्, शहरका मानिस कही कतै देखिएनन् । जात्रा निकाल्दा सयौँ मानिस जात्रामा सहभागी हुन्थे भने बजारमा छुट्टै राैनकता आउँथ्याे । तर यो वर्ष भने राेपाइ जात्राले बजार परिक्रमा गरेको देखिएन । मानिसहरु हिडेको समेत कतै देखिएका तानसेनका स्थानीय बासिन्दा भन्छन् । [caption id="attachment_12334" align="alignnone" width="1000"] फाइल फाेटाे रानीमहल [/caption] यो वर्ष कोरोनाका कारण राेपाइ जात्रा रमाइलो देखिएन, तानसेनका स्थानीय बासिन्दा भन्छन् कोरोनाले परम्परादेखि चल्दै आएको रीतिरिवाजमा समेत प्रभाव पारेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले समेत यो वर्ष चाडवर्प तथा जात्राहरु नगर्न आग्रह गरेको थियो । केही दिनअघि प्रशासनले विज्ञप्ति प्रकाशन गरेर जात्राहरु गर्दा कोरोना सर्ने सम्भावना भएकाले त्यस्ता कार्यक्रम नगर्न भनेको थियो । याे वर्ष तानसेनमा कुनै पनि गाइजात्रे प्रहसन र गाइजात्राकाे र्याली समेत भएनन् । भने भगवती लगायतका जात्राहरु समेत प्रभावित हुने देखिएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update