Erani Mahal
निस्दीको अर्चलेमा गत वर्षको योजना कार्यक्रमको समिक्षा तथा खर्च सार्वजनिक
116434017_325895412131259_111494155161189900_n
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा गत आर्थिक वर्ष २०७६/०७७ को योजना तथा खर्च सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा अर्चले भित्रका विभिन्न योजनाका प्रमुखहरुको उपस्थित रहेको थियो । कार्यक्रममा आफ्नो टोल र संस्थाका भएका योजनाहरुको विवरण भएका आम्दानी-खर्चहरुलाई सार्वजनिक गरि उठेका जिज्ञासाहरुलाई सम्बन्धित उपभोक्ता प्रमुखले प्रष्ट पार्नु भएको थियो । यस वर्ष अर्चलेमा साना ठूला गरि ३४ वटा योजनामा १ करोड ३५ लाख रुपैयाँ बराबरको योजना सम्पन्न भएको वडाध्यक्ष मेख बहादुर सुनारीले जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै वडाध्यक्ष सुनारीले प्राविधिक लागत अनुसार समयमै काम सम्पन्न गर्ने उपभोक्तालाई धन्यवाद दिदै आफ्नो गाउँ,टोलको बिकास गर्न सदैव लाग्न जोड दिनुभएको थियो । कार्यक्रममा निस्दी गाउँपालिकाका कार्यपालिका सदस्य मिम्श्री बयम्बु,नेकपा निस्दीका इन्चार्ज बलु गैरे,देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बु लगायतकाले आ-आफ्ना धारणा राख्नुभएको थियो । अर्चले स्वास्थ्य चौकीको सभा हलमा सम्पन्न भएको कार्यक्रमको सन्चालन वडा सचिव सावित्रा गैरेले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update