Erani Mahal
निस्दीमा समुदाय स्तरका १ सय ८ जनाको  कोरोना स्वाव संकलन
116373277_323626075433655_6853797280183944769_n
धनबहादुर ठाडा / होम राई मगर- निस्दी गाउँपालिकाले समुदाय स्तरका १ सय ८ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरेको छ । समुदायमा कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना रहेकोले पहिलो चरणमा १ सय ८ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण समुदाय स्तरमा रहेको डर,त्रासलाई न्यूनीकरण गर्न र समुदायमा यसको प्रभावबारे जानकारी हुने उद्देश्यले समुदाय स्तरकाे पिसीआर जाँच गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ । निस्दीको क्वारेन्टाइनमा रहेका र जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,पत्रकार र क्वारेन्टाइनमा प्रत्यक्ष सहभागिता जनाउने व्यक्तित्वहरुको कोरोना स्वाव गरिएको स्वास्थ्य संयोजक रेम बहादुर दिशाले बताउनुभयो । स्वास्थ्य संयोजक दिशाले स्वाव परिक्षणको नतिजा केही समय पछि आउने बताउदै विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्ड अनुसार गर्न सबैलाई सुझाव दिनुभयो । बुधबार निस्दीमा क्वारिन्टिनमा रहेका १० जना र अन्य स्वास्थ्य कर्मी , सुरक्षा कर्मी , पत्रकार , जनप्रतिनिधि , कर्मचारी तथा समुदाय स्तरका व्यक्तिहरुको स्वाव संकलन गरि प्रदेश जन स्वास्थ्य प्रयोगशाला भैरहवा पठाएको छ। यसको रिपोर्ट आगामी एक हप्ता भित्र आउने संयोजक दिशाले बताउनुभयो।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update