Erani Mahal
पूर्वखोला गाउँपालिकाले स्तनपान सप्ताह कार्यक्रम गर्याे
117051132_754177482074457_3664316120475129295_n
पाल्पा- पूर्वखोला गाउँपालिकाले विभिन्न टोल हरुमा स्वास्थ्य चौकी सहित स्तनपान सप्ताह कार्यक्रम मनाएको छ । १ हजार दिनका आमा हरु को भेट सहित अन्त्रकृया गरेर स्थनपान सप्ताहा मनाएकाे हाे । पालिकाकामा रहेका स्वास्थ्य सस्था तथा खोप किल्निक हरुमा मनाइएको र वडा न ५ र वडा न ३ मा स्थनपान सेन्टर स्थापना गरेको अध्यक्ष नुनबहादुर थापाले बताउनुभयाे । उहाँका अनुसार गाउँपालिकाले महिलाहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै काम गरेको र स्वास्थलाइ प्राथमकी राखेर काम गरेको वताउनु भयो । गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालका अनुसार सबै वडा हरुमा १ हजार दिनका आमाहरुकाे सल्लाह सुझाव सहित हाते एेना बितरण गर्दै स्वास्थ्य चेतना पनि दिएकाे जानकारी गराउनु भयो । सप्ताहको रिङ्नेरह स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको थियो । १६ गते -३ को रोङढ्याङ १७ गते अर्खलडाडा १८ गते मन्जिरडाडा खोप किल्निकमा कार्यक्रम गरेर २० गते स्वास्थ्य संस्थामा विभिन्न अतिथि तथा १ हजार दिनको आमाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्यले जानकारी गराउनु भयो ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update