Erani Mahal
पूर्वखोला गाउँपालिकाद्वारा खाद्यान्न पसलहरुको अनुगमन
116699548_901589100335681_688479594093961441_n
पाल्पा- पूर्वखोला गाउँपालिकामा उपभोक्ता हित संरक्षण समितिले आफ्नो वडामा रहेका खाद्यान्न पसलहरुको पहिलो पटक अनुगमन गरेको छ । गुणस्तरीय सामान बिक्री वितरण गर्नको लागि व्यवसायीहरुलाई सतर्क बनाउने,उपभोक्ताहरूको स्वस्थ्यमा प्रत्यक्ष अप्रतक्ष पर्न जाने असरबाट बचाउने, बजार व्यवस्थित गर्नको लागि अनुगमनलाई निरन्तरता दिने कार्यक्रमको लक्ष्य रहेको छ। पूर्वखोला गाउँपालिकाको विरकाेट,देवीनगर, जल्पा लगाएतका वडामा खाद्यान्य पसल अनुगमन गर्दा, म्याद सकिएको अखाद्य वस्तु बिक्री नगर्ने, दैनिक उपभोग्य सामानको मुल्य सूची सबैले देखने ठाउँमा टाँस गर्नु पर्ने, व्यवसाय दर्ता गरेर सञ्चालन गर्नु पर्ने, जस्ता सुझावहरू व्यवसायी हरुलाई दिईएको छ । अनुगमनमा उपाध्यक्ष भागीरथी भट्टराई, नि प्रशासकीय अधिकृत विनोद नेपाल, स्वास्थ शाखा प्रमुख मोहन ढकाल, गाउँ कार्यपालिकाका कान्ति चुडाल नागरिक समाजका प्रतिनिधि हरी प्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय पूर्वखोलाका नैन सिँ रोकायाले गर्नु भएको थियो । अन्य बजार हरुको समेत गर्ने गाउपालिका उपाध्यक्ष भागरथी भट्टराइले बताउनु भयो । केही दिन अगाडि गाउँपालिकामा बजार अनुगमन माग गरेको भिडियो समेत भाइरल भएको थियो त्यस लगतै गाउँपालिकाले बजार अनुगमनलाइ निरन्तरता दिएको हाे ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update