Erani Mahal
तीन महिनापछि पाल्पा काेराेना मुक्त जिल्ला बन्याे
nnnn
पाल्पा – पाल्पा जिल्ला तीन महिनापछि काेराेना मुक्त जिल्ला बनेकाे छ । गत जेठ १७ गते पहिलाे पटक काेराेना संक्रमित देखिएकाे पाल्पामा तीन महिनापछि काेराेना मुक्त जिल्ला बनेकाे हाे । यसअघि पाल्पा रेड जाेनमा थियाे । कुल ५६१ जना संक्रमितहरू निकाे भएर घरमा फर्किएपछि पाल्पा काेराेना मुक्त बनेकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयाे । काेराेना संक्रमित भएर आइसाेलेशनमा रहेका ५६० जना सबै काेराेना संक्रमित निकाे भएर घर फर्किएकाे उहाँले जानकारी दिनुभयाे । जिल्लाका कुल ५६१ संक्रमित मध्ये एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे भने एक जनाले आत्महत्या गरेका थिए । पाल्पाकाे माथागढीमा ३० जना, रामपुरमा ११७ जना, पूर्वखोलामा १५९ जना, रैनादेवी छहरामा ३९ जना, रम्भामा ४४ जना संक्रमित भएका थिए । यस्तै बगनासकालीमा ४२ जना, तिनाउमा ८ जना, रिब्दीकोटमा ५ जना, निस्दीमा ९९ जना, तानसेनमा १४ जना संक्रमित भएका थिए । जिल्लाबाहिरका भएपनि पाल्पामै उपचार रहेका गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update