Erani Mahal
काेराेना प्रभाव : याे वर्ष तानसेन लगायतका स्थानमा देखिएन गाईजात्रा
P1110361
पाल्पा – विगतका वर्षहरूमा गाईजात्राको दिन पाल्पाको सदरमुकाम तानसेनसहित हार्थोक, रामपुर, सराई लगायतका बजारमा रमाइलो हुन्थ्यो । तर यो वर्ष भने तानसेन लगायतका कुनै पनि स्थानमा गाईजात्रा देखिएन । यसले जात्रा भएपनि रमाइलाे भएन । आफ्नो पितृहरुको सम्झनामा निकालिने गाईजात्रा यो वर्ष परम्परा धान्नका केही स्थानमा निकालियो तर विगतका वर्षहरुमा झैँ भने तामझाम र रमाइलो भने देखिएन । गाईजात्रा हेर्नका लागि गाउँदेखि सहरसम्मका मानिस जात्राको वरपर झुम्मिन्थे तर यो वर्ष भने दिवंगत परिवारका केही सदस्य मात्र सहभागी भएर परम्परा धान्ने काम मात्र भएको तानसेनका स्थानीय बासिन्दा बताउँछन् । गाउँबाट मानिस आएनन्, शहरका मानिस कही कतै देखिएनन् । जात्रा निकाल्दा सयौँ मानिस जात्रामा सहभागी हुन्थे भने सक्कली र नक्कली गाई समेत सिंगारिन्थे । तर यो वर्ष भने जात्रामा सक्कली र नक्कली गाई बजार परिक्रमा गरेको देखिएन । मानिसहरु हिडेको समेत कतै देखिएका तानसेनका स्थानीय बासिन्दा भन्छन् । यो वर्ष कोरोनाका कारण गाईजात्रा रमाइलो देखिएन, तानसेनका स्थानीय बासिन्दा भन्छन् कोरोनाले परम्परादेखि चल्दै आएको रीतिरिवाजमा समेत प्रभाव पारेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले समेत यो वर्ष चाडवर्प तथा जात्राहरु नगर्न आग्रह गरेको थियो । केही दिनअघि प्रशासनले विज्ञप्ति प्रकाशन गरेर जात्राहरु गर्दा कोरोना सर्ने सम्भावना भएकाले त्यस्ता कार्यक्रम नगर्न भनेको थियो । याे वर्ष तानसेनमा कुनै पनि गाइजात्रे प्रहसन समेत भएनन् ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update