Erani Mahal
रिब्दीकोट गाउँपालिकाका क्वारेन्टाइन निर्मलीकरण गरियाे
DSC_0597
पाल्पा - जिल्लाको रिब्दीकोट गाउँपालिकाका क्वारेन्टाइन निर्मलीकरण गरिएकाे छ । क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण र सफाई् गरिएकाे अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयाे । सरकारले शैक्षिक गतिविधि संचालन गर्न र विद्यालयमा क्वारेन्टाइन नराख्न निर्देशन दिएसँगै यहाँका क्वारेन्टाइनहरु खालि गर्न र निर्मलीकरण गरिएकाे जिसीले बताउनुभयाे । उहाँका अनुसार कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो । अहिलेसम्म १९ वटा विद्यालयमा निर्मलिकरण गर्ने कार्य सकिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणि खनालले बताउनुभयाे । उनका अनुसार गाउँपालिकामा असारको अन्तिम सातासम्म विद्यालयमा व्यवस्था गरिएका क्वारेन्टाइन भरिभराउ थिए । यहाँका सबैवडाहरुमा गरेर ३२ वटा सामुदायिक विद्यालय क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको थियो प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले भन्नुभयाे सरकारकाे निर्देशन र खाली भएका क्वारेन्टाइनलाइ खाली गरेर शैक्षिक कृयाकलापकाे लागि वातावरण तयार गरिएकाे बताउनुभयाे । उहाँले मापदण्ड पुगेका सबैलाई घर पठाइएकाे र नयाँलाई विद्यालयमा नराखी कुनै सामुदायिक भवन खुला चाैरहरुमा क्वारेन्टाइन बनाउने याेजना रहेकाे बताउनुभयाे ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update