Erani Mahal
रामपुरमा आमाले धान गोड्न जाँदा सँगै लगेको बच्चाकाे खोलामा डुबेर ज्यान गयो
khola
पाल्पा-आमासँगै खेतमा गएका एक बालकको खोलामा डुबेर ज्यान गएको छ । पाल्पाको रामपुर नगरपालिका ५ भम्बक नजिकै शनिबार भुलादी खोलामा डुबेर पूर्वखोला ३ अर्खल डाँडाका सन्तोष ठाडाका २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो । उनीहरु अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका थिए । दिउँसो खेतमा धान गोड्न गएका आमा सीता ठाडाले छोरालाई पनि खेतमा लगेकी थिइन । आमा धान गोडीरहेको अवस्थामा दिउँसो झण्डै २ बजे तिर बालक खोलामा डुब्न पुगेको स्थानियले बताएका छन् । खोलामा डुबेको थाहा पाउने वित्तिकै बालकलाई उपचारको लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update