Erani Mahal
चिदीपानीकाे अलैचीगैरा खानेपानी याेजनाकाे काम अन्तिम चरणमा
kk
विकाश काफ्ले, पाल्पा - सरकारले ठूला आयोजना निर्माण गर्न दिने र सामाजिक दूरी कायम गरी निर्माण कार्य सुचारु गर्न निर्देशन दिएपछि प्रवर्द्धकले आयोजनाको निर्माण अघि बढाएको हो। कोरोना भाइरस संक्रमणको त्रास र सरकारको लकडाउनले बन्द निर्माणाधीन अलैंची लिफ्ट खानेपानी आयोजना चिदीपानीले निर्माण कार्य तिव्र थालेका छन् । केही आयोजनाका निर्माण कार्य आंशिक रुपमा सुरु भएको छ । झण्डै ४ महिना आयोजनाको निर्माण कार्य पूर्णरुपमा अघि बढ्न सकेको छैन । निर्माणको अन्तिम चरणमा पुगेका केही आयोजनालाई सक्नुपर्ने दबाब छ । यस बर्ष नसक्ने आयोजनालाई वर्षायामको बाढीपहिरोबाट जोगाउनुपर्ने बाध्यता छ। लिफ्ट खानेपानी कार्यरत मजदुरमध्ये केही घर गइसकेको अवस्थामै आयोजनाले निर्माण सुरु गरेका हुन् । सरकारले ठूला आयोजना निर्माण गर्न दिने र सामाजिक दुरी कायम गरी निर्माण कार्य सुचारु गर्न निर्देशन दिए पछि प्रवर्द्धकले आयोजनाको निर्माण कार्य अघि बढाएको हो । खानेपानी उपभोक्त समितिका अध्यक्ष निर्मल न्यौपानेका अनुसार सरकारले लागु गरेको लकडाउनका सबै सावधानी गरी सरकारले निर्माण कार्य अघि बढाउन भने पछि अहि बढाएको हो । बढीमा १५/१५ जनाको समूहमा तीन/तीन मिटरको दुरीमा रहेर काम गर्नुपर्ने, आफ्नो कार्य गरिराख्दा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यक्रम पाल्पा द्वारा पानी तान्ने मोटर उपहार पाएको छ। कोरोना (कोभिड १९) को सरकारले लकडाउन गरेपछि निर्माणाधिन अलैंची लिफ्ट खानेपानी आयोजनाको निर्माण रोकिएको थियो । खानेपानी आयोजना सम्पन्न पछि १२७ कूल घर धुरी लाभान्वित हुने अध्यक्ष न्यौपानेको भनाइ छ। निर्माण समितिका सचिव चेतबहादुर केसीकाअनुसार आयोजनाको निर्माण कार्य सूचारु छ अहिलेसम्म आयोजना ९० प्रतिशत सकिएको छ ।चुनावी प्रतिबद्धता अनुरुप एक घर एक धारा बनाउने उद्देश्यलाइ जुन पहल रह्यो त्यसमा जनताको उत्साजनक सहभागीताले निर्माण छिटो सम्पन्न हुन लागेकोमा खुसी ब्याक्त गर्दै चिदीपानीको समग्र बिकासमा यस्तै साथ र सहयोग रहने स्थानीय युवा राजकुमार पन्थीको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update