Erani Mahal
भगवती मन्दिरका पुजारीद्वारा बालिकामाथि दुर्व्यवहार गरेकाे आराेप
ccc
पाल्पा – तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरका एक जना पुजारीले बालिकामाथि दुर्व्यवहार गरेको खुलासा भएको छ । बुधबार बिहान मन्दिरमा पूजा गर्न आएका भक्तजन (बालिका)लाई मन्दिरका ७५ वर्षिय एक जना पुजारीले दुर्व्यवहार गरेको स्रोतले जनाएको छ । भक्तजनलाई दुव्र्यबहार गर्ने पुजारीलाई मन्दिरले हटाइसकेको छ । मन्दिर व्यवस्थापन समितिका एक सदस्यले कानुनी विषय आफूहरुले मिलाउन नसक्ने बताउँदै पुजारीलाइ मन्दिरबाट हटाइएकाे जानकारी दिए । दुर्व्यवहार गरेकाे आराेप लागेका पुजारीले बिहीबार दिउँशो पुजारी पदबाट राजीनामा दिएका छन् । [caption id="attachment_12198" align="alignnone" width="696"] ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिर[/caption] तर अहिलेसम्म प्रहरीमा उजुरी नआएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले इरानीमहललाई जानकारी दिनुभयो । प्रहरीमा अहिलेसम्म उजुरी परेको छैन, उजुरी परे, त्यससम्बन्धी अनुसन्धान हुन्छ उहाँले भन्नुभयो । तर भगवती मन्दिर व्यवस्थापन समितिको सहजीकरणमा अहिले पनि घटनालाई मिलाउने प्रयास भईरहेको छ । तर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयसँग भने सम्पर्क हुन सकेन । पुजारीले बालिकालाई दुव्र्यबहार गरेको विषयमा मानवअधिकारकर्मीहरुले भने समितिको अगुवाईमा भएको छलफलमा असहमति राखेका छन् । ती पुजारीले यसअघि पनि केही भक्तजनलाई दुव्र्यबहार गरेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update