Erani Mahal
प्रदेश ५ मा कन्ट्याक्ट ट्रेसिङका २७ जनामा कोरोना, समुदायमा संक्रमण फैलिएको पुष्टि
IRD-yatayat
नेपालगन्ज - प्रदेश ५ काे नेपालगन्जमा समुदायमा कोरोना फैलिएको थप पुष्टि भएको छ । ४ दिन अगाडी कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका थप २७ जनामा आज कोरोना पुष्टि भएको छ । नेपालगन्ज त्रिभुवन चोक स्थित मिठाई पसल सञ्चालकको सम्पर्कमा आएका मध्यबाट १६ जनालाई कोरोना पुष्टि भएको छ भने आन्तरिक राजश्व कार्यालयका २ जना अधिकृतको सम्पर्कमा आएका मध्य ९ जना कोरोना संक्रमित भएका छन् । राजश्व कार्यालयमा सेवा लिन आएका २ जनामा पनि कोरोना पुष्टि भएको छ । मिठाई पसलको सम्पर्कको आधारमा नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, १३ र १९ वडामा थप एक–एक जना ब्यक्तिमा कोरोना संक्रमण भेटिएको छ भने वडा नम्बर ११ का १३ जनामा कोरोना संक्रण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएकोछ । राजश्व कार्यालयमा पुष्टि भएका संक्रमित मध्य ४ जना बाँके, २ जना सुर्खेतका तथा बर्दिया, अर्घखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक÷एक जना कर्मचारी तथा सेवाग्राही भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयाे । समुदाय स्तरमा कोरोना पुष्टि हुँदै गएपछि जिल्लाको अवस्थामा समिक्षा गर्न र थप कदम चाल्न जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक राखिएको छ । भेरी अस्पतालको ल्यावमा परक्षिण गरिएका मध्य आज मात्र ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update