Erani Mahal
तेह्राैं दिनकाे प्रसाद खाएर बिरामी हुनेकाे संख्या ७२ पुग्याे, दुई जना गम्भीर
115936749_1188237524862831_6922168418747208810_n
पाल्पा - रामपुर ७ को मान बहादुर सुनारको निधनको १३ दिनको चाेखिने प्रसाद खाएर बिरामी हुनेकाे संख्या ७२ जना पुगेकाे छ । मंगलबार ५० जना मात्र बिरामी परेका बुधबार भने थप २२ जनामा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । १३ औँ दिनकाे पृती प्रसादमा खिर, तरकारी र अचार खाएका उनीहरु मंगलबारदेखि बिरामी परेका हुन् । उनीमध्ये ५२ जनाकाे लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे छ । उनीहरूमध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे अस्पतालले जनाएकाे छ । बाँकी २० जनाकाे रामपुर अस्पतालमा उपचार भइरहेकाे छ । मंगलबारदेखि नै झाडा वान्ता र पेट दुख्ने समस्या देखिएपछि उनीहरूलाइ रामपुर अस्पतालबाट रिफर गरेर थप उपचारका लागि तानसेन ल्याइएकाे थियाे । स्थानीयका अनुसार पाउडरकाे दुधमा उनीहरूले खीर पकाएर तरकारीसँगै खाएका थिए । तर कुन खानामा प्वाइजन थियाे भन्ने बारेमा भने अझै अध्ययन् तथा अनुसन्धान हुन सकेकाे छैन ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update