Erani Mahal
पाल्पा प्रहरीद्वारा फरार पाँच अभियुक्त पक्राउ
mmmaas
पाल्पा – जिल्ला अदालतबाट दोषी घोषित भई फरार रहेका पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको सक्रियतामा विभिन्न मुद्दामा कैद भुक्तान नगरी फरारको सूचिमा रहेका ५ जनालाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाएको हो । प्रहरीका अनुसाद अदालतबाट लागु औषध सम्बन्धी मुद्दामा दोषी ठहर भएपनि फरार रहेका तिनाउ गाउँपालिका वडा नं. ६ का ५५ वर्षिय मानबहादुर लम्तरी, तिनाउ गाउँपालिका वडा नं. २ बस्ने २६ वर्षका दिपक लम्साल र माथागढी गाउँपालिका वडा नं. ३ बस्ने ४५ वर्षका रवि काफ्ले रहेका छन् । यस्तै तिनाउ गाउँपालिका वडा नं. ३ का ४५ वर्षिय पदमबहादुर रायमाझी बुहविवाह मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन गिरीका अनुसार बगनासकाली गाउँपालिका वडा नं. ७ बस्ने २९ वर्षका सुरजबहादुर कनौजे भने सावर्जनजकि अपराध सम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए । फरार अभियुक्तलाई पक्राउ गरी कैद भुक्तान तथा सजायका लागि बुधबार अदालतमा बुझाइएको प्रनाउ गिरीले इरानीमहललाई जानकारी दिनुभयो । उनीहरूलाई बुधबार नै पक्राउ गरिएको हो ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update