Erani Mahal
तानसेनका स्थानीय सहकारी सञ्जालका पदाधिकारीहरूकाे सपथग्रहण
ttt
पाल्पा – नवनिर्वाचित तानसेन नगरपालिकाभित्रका सहकारी सञ्जालकाै पदाधिकारीहरुले सपथग्रहण सम्पन्न भएकाे छ । तानसेन नगरभित्रका सहकारीको भेलाबाट निर्वाचित सञ्जालका पदाधिकारीहरुले सपथग्रहण गरेका हुन् । निर्वाचित पदाधिकारीहरुलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सपथ खुवाउनुभयो । उहाँले सहकारी सञ्जालले सहकारीहरुलाई एकताबद्ध बनाई नगरको विकासमा नेतृत्वदायी भूमिका खेल्न शुभकामना दिनुभयो । उहाँले सहकारीहरुसँग सहकार्य गरेर नगरको विकास गर्न सकिने धारणा सहित नगरपालिकाले सहकारी सञ्जाल बनाएको बताउनुभयो । दुई साताअघि तानसेनमा भएको भेलाले महेश्वर पन्तको संयोजकत्वमा ९ सदस्यीय तानसेन नगरपालिकाको स्थानीय सहकारी सञ्जाल गठन गरेको थियो । उक्त भेलाले सहसंयोजकमा गंगा पौडेल, सचिवमा मीना जिसी, सहसचिमा महेश शर्मालाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा रीता पंगेनी, धनीसरा थापा, सकुन्तला बज्राचार्य, रामप्रसाद शर्मा र गीता भट्टराई रहनुभएको छ । कार्यक्रममा निर्वाचन समितिका अधिकृत जोगलाल विकको अध्यक्षता, उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष जगदीश भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्वअध्यक्ष गोविन्द भट्टराईले सहकारीको मर्मअनुसार सहकारीहरुलाई क्रियाशिल बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा निर्वाचित संयोजक पन्तले प्रतिबद्धता मनतव्य राख्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update