Erani Mahal
पाल्पाकाे निस्दीमा साउन ११ गतेदेखि विद्यालय संचालन गर्ने निर्णय
NISDI
पाल्पा - निस्दी गाउँपालिकाको विद्यालयहरुले साउन ११ गतेदेखि पढाइ संचालन गर्ने भएको छ। निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका वैठकले विद्यालय संचालन गर्ने निर्णय गरेको हो। कोभिड १९ कोरोना भाइरसका कारण निस्दीमा हालसम्म वैकल्पिक माध्यम र सामुदयमा गएर पढाइ हुँदै आएको थियो । पछिल्लो समयमा निस्दीमा कोरोना संक्रमितको संख्या नरहेकोले स्थिति सामान्य बन्दै गाएकोले पढाइ संचालन गर्ने निर्णय गरेको शिक्षा अधिकृत प्रमोद यादवले बताउनुभयो । साथै निस्दीले सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी, कर्मचारी र वालविकास सहयोगी कार्यकर्ताहरुलाई मासिक १ हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update