Erani Mahal
गाैडेपुल नजिकै खसेकाे पहिराेकाे सास्ती (हेर्नुहाेस् तस्विरमा)
p (6)
पाल्पा – पाँच दिन पहिले तानसेन–८, गौडेपुल नजिकै खसेको पहिरो पुन खस्ने क्रम जारी छ । केही दिन पहिले गएकाे पहिराे शुक्रबार देखि भने निरन्तरजस्ताे गइरहेकाे छ । यहाँ पहिराे नराेकिँदा यात्रुलाई निरन्तर सास्ती पु¥याएको छ । यहाँ तीन दिन पटक–पटक पहिरो गईरहेको छ । जंगलबाट निरन्तर गिट्टी सहितको पहिरो खस्दा यहाँ पटक पटक बाटो अबरुद्ध भईरहेको छ । माथिबाट पहिरो खस्ने क्रम निरन्तर हुँदा पहिरो हटाउन समेत समस्या भएको प्रहरीले जनाएको छ । गिट्टी सहितको पहिरो हुँदा पानी पर्ने बित्तिकै यहाँ पहिरो खसेको प्रत्यक्षदर्शीको भनाई छ । गौडेपुल नजिकैको पहिराले तीन दिनदेखि पटक–पटक समस्या थपेको यात्रुहरुको भनाई छ । [caption id="attachment_11806" align="alignnone" width="720"] तस्विरहरू : एसके झमनकाे फेसबुक पेजबाट ।[/caption]
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update